शनिबार, बैशाख १५, २०८१

परमपरा!कथा,

  • बिहिबार, जेष्ठ २२, २०७७
परमपरा!कथा,

काँ सम्म पुग्यो तेरो मायाँ?रमेशले गिजाउँने पाराले सोध्यो।खै दाई के मायाँ प्रिति भन्ने शरदले निरास हुँदै भन्छ।हिँजो आज क्यापसको छुट्टि भयकोले धेरै दिनपछि यिनि दुबैको भेट भयको थियो।होईन मलाई ढाँट्नु पर्दैन तेरो त्यो उजेली सँग लव परेको जता कतै हल्लाछ,रमेशले ब्याँग्या कस्छ। छाड्नुश दाई कँहा उजेली बाहुँन कि छोरी काँ म शुनारको छोरा दलित र बाहुँनको बिचमा भयको मायाँ प्रिती पनि फलिफाप हुँन्छर?हाम्रो बिचमा ता त्यस्तो छैन मात्रै हामिले सँगै पढ्दा साथिको नाता छ!शरदले भन्छ।मलाई सबै थाहाछ तँ डरपोक र कायर पनि छस भन्नेपनि थाहाछ-भन्दै रमेशले शरदलाई मच्चाउँने प्रत्यन गर्छ।के दलित मान्छे हुँदैनन्?तैँले हामिलाई ईसारा मात्रै गर हामिले त्यसको घरमै गएर उठाएर ल्याई दिन्छौँ बुझिश!भन्दै रमेशले आफु ठुलो बलवान भयको देखाउँन खोज्छ।शरद एउटा ज्ञानि अनुभवी,होनहार बिध्यार्थी हो,उस्को बिचार सामाजिक र प्रगतिशिल प्रकारको थियो।उ लामु समय देखि समाजमा रयको कुरिती सँग लड्दै भिड्दै आएको ब्याक्ति हो।रमेश जी यसरी कसैको अधिकारलाई हनन् गरेर मलाई आफ्नो घर बसाउँनु छैन,जबर्जस्थि ले कसैको घर बन्दैन-शरदले उस्लाई सम्झाउँने प्रयात्न गर्छ।उस्लाई थाहाछ बिवहा सामन्या बिषय होईन त्यसैले कम्तिमा दुबै परिवारको सहमति हुँनु पर्छ!शरदले थप्यो।शरद अधिकार मागेर हुँदैन खोस्न सक्नु पर्छ-भन्दै रमेशले फेरी उस्लाई मच्चाउँने प्रयात्न गर्छ।शरदको बुझाई अनुसार अन्तर जातिय बिवहा गर्नु कत्ति ठुलो कुरा होईन बरु बिवहा गरि सकेपछि बल्ल शंघर्ष सुरुहुँन्छ।त्यो शंघर्ष दुई जनाले मात्र होईन दुईटै परिवार ले बर्तमान मनुवादी सँस्कारको बिरुद्धमा जिवन भरी शंघर्ष गर्नु पर्छ।त्यो मात्रै होईन दुबै बाट जन्मिएको औलादहरु समेतले निरन्तर शंघर्ष गर्नु पर्छ भन्ने बारे शरदले बुझेको थियो।उ कत्ति आबेगमा आउँदैन!हुँन्छ दाई हजूरलाई नभनेर कस्लाई भन्ने?रमेशको कुरा सुनेर मात्र यत्ति भन्दै अगाडि बड्छ। उता उजेलीको घरमा कसैले कुरा लगाएर नारादमणि रिसले आगो भयकाछन।हिँजो एकजनाले -नाराद तिमि बाहुँन भयर आफ्नो रिती थितिमा बस्नु पर्छ आफ्ना छोरा-छोरीलाई दलितहरुको सँगत गर्न दिनु हुँदैन नत्र हामि तिम्रो घरको पानी समेत बार्ने छौँ!भन्दै ग्रजिएको उजेली ले लुकेर सुनेकि थिई।त्यो ब्याक्ति फर्किएपछि उजेलीको बा आमाले उजेली लाई बोलाएर अब तँ त्यो केटा सँग हिँडेको देख्यौँ भने तेरा खुट्टा भाचिँ दिन्छौ,भन्दै धम्काएका थिए।उजेली नबोली नबोली हुँन्छ मा मन्टो हल्लाउँदै निस्कि। उजेली र शरदले एउटै कैम्पसमा पढ्थे उनिहरु पढाईमा अनुसाशनमा अब्बल थिए।उनिहरुको बिचमा दोश्ति मात्रै छ भनेपनि भित्र-भित्रै मायाँ बढ्दै गयको थियो। उनिहरुको बन जाँदा,ग्वाला जाँदा कैम्पस जादा एउटै बाटो थियो भेट घाट त प्राय दिनौ हुँन्थ्यो। दिउसो ग्वाला गएको बेला फेरी भेट भयो।उनिहरु अरुका आँखा छलेर एउटा रुखको ओटमा बसे।उजेली अब हामि भेट घाट नभयको जाती हुँन्छ-शरदले गम्भिर हुँदै भन्छ,उस्को मुहार आज अलि मलिन थियो।तिम्रो हाम्रो बिचमा दोश्तिको शम्बन्धछ त्यो हामिलाई थाहाछ तर तिम्रो हाम्रो बिषयलाई मुद्धा बनाएर हाम्रा दुश्मनहरुले यस्लाई जातिय रंगमा घोल्दैछन।हाम्रा परिवारहरुलाई भड्काउँदैछन।शरदले उजेलीलाई जानकारी गराउँदै थप्छ।शरद के हामि दुबै जनाले हाम्रो यो जिवन आफ्नै ढंगबाट बाँच्न सक्दैनौ?उजेली मलिन र भाबुक हुँदै भन्छे।सक्किन्छ तर आजको रुढिवादी सँस्कार ले हामिलाई हाम्रो परिवारलाई मात्रै होईन हामि बाट जन्मिएका हाम्रा बाल बालिकाहरु लाई समेत जातिय रणभूमिमा डोराउँनेछ।त्यसैले माँया त्याग र बलिदानको श्रोत हो उजेली!शरदले उजेलीलाई उत्तर दिँदै भन्छ।साँचो प्रेम गर्नेले एक आरक्लाई मरेको होईन जिवित शुखि रहेको देख्न खोज्छन,शरदले फेरी थप्छ।उजेली शरदका कुरा सुनेर भाबुक हुँन्छे उस्का दुबै आँखा को डिलबाट मोती जस्तै आँशुका ठल्ला टप-टप खस्छन।शरदले उजेली तिर हेर्दै मलाई थाहाथिएन तिमि एति धेरै कम्जोर छौ भन्ने यो बेला रोएर होईन आँखामा ज्वाला बालेर समाज संग लड्न सक्किन्छ,आफ्ना आँसु आफै पुछ ! उजेली ले केहि नबोली पछ्यौरीले आफ्नु आँशु पुच्छे।बाता बर्ण शान्त थियो लाला बाला टाडा टाडा गै सकेका थिए।बिस्तारै चिसो बतास चलेको मेहेशुर्ष हुँन्थ्यो।उजेली मायाँ भनेको त्याग हो,हामिले टाडा रहेर पनि एक आर्कालाई सम्मान गर्न सक्छौँ।शरदको कुरा सुनेर उजेली ले झन मायाँ गर्न थाल्छे उस्को सम्मान र उच्च आदर गर्छे।उस्लाई लाग्छ शरद जस्तो जिवन साथि उस्ले कहिलेई भेट्टन सक्दैन।दुबै बिचारधारामा प्रगतिशिल थिए कयौँ पटक प्रगतिशिल बिहेपनि उनिहरुले गराएकै हुँन।तर आज आफ्नै बिचमा यो सामाज जातिय प्रखाल बनेर ठडिएको थियो। शरद हामिले सदै समानताको पक्षमा आवाज उठायौँ,आज आफ्नो पालो आएपछि यसरी पछि हड्दा हामिलाई कायर भन्छन अरुले के यो बेला हामिलाई पछि हट्न ठिक होला?उजेलीले भन्छे।एकछिन चकमन्न हुँन्छ साहिद शरदले यस्को उत्तर आफु भित्र खोज्दै थियो। के हामिले जातिय बिवहा गर्दा बित्तिकै समाज भित्र समानता आउँछ?शरदले उजेली सँग प्रश्न गर्छ।आउँदैन तर शुरुवात त पक्कै हुँन्छ।उजेली ले सटिकमा उत्तर दिन्छे। दलित दलितको बिचमा बिभेदछ,बाहुन बाहुनको बिचमा बिभेद छ।सामाजिक कण-कणमा असमानताछ।मैले भन्छु हामिले समाजलाई हाम्रो बिवहाको लागि राजी गर्न नसकेपनि हाम्रो र तिम्रो परिवारलाई तयार गराउँ।मैले भागेर होईन तिम्रो हात मागेर जिवन साथि बनाउँन चाहान्छु। हामिले आजबाट कार्या बिभाजन गरौँ मान्छेउ?शरदले सोध्छ।मान्छु सितल ले भन्छे र समर्थनमा टाउको हल्लाउँछिन।तिमिले तिम्रो परिवारलाई तयार पार बिवहाका लागि मैले आफ्नो परिवारलाई तैयार पार्छु।जब हामि दुबैको परिवार रजामन्दि हुँन्छन हामिले तबमात्र बिवहा गरौ्ँला।यत्ति भनेर सरदले कुराको बिटमार्छ।दुबैले यो जटिल कामको जिम्मा लिएर बिदा हुँन्छन।४-६-२०२० (कथा-काल्पनिक हो यस्मा नाम र कसैको भबिस्य सँग मेल खान गयकोमा सञ्जोग मात्र हुँनेछ)सुरेशकुमार पान्डे 

चर्चामा

सम्बन्धित समाचार