शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा आइसोलेनसमा राखेर उपचार गर्नुपर्ने हेपाटाइटिसको बिरामी क्वारेनटाइनमा

बाजुरामा आइसोलेनसमा राखेर उपचार गर्नुपर्ने हेपाटाइटिसको बिरामी क्वारेनटाइनमा

  • बुधबार, जेष्ठ २१, २०७७
बाजुरामा आइसोलेनसमा राखेर उपचार गर्नुपर्ने हेपाटाइटिसको बिरामी क्वारेनटाइनमा

बुढिगंगा नगरपालिका २ का १८ बर्षिय पुरुष भारत बाट जेठ १७ गते बाजुरा पुगे । उनि हेपाटाइटिसको बिरामी छन्, उनि बाजुरा पुग्ने बितिकै बुढिगंगाको चैतेपिपल सुर्योदय बिद्यालयको क्वारेनटाइनमा बसिरहेका छन् । उनि बिरामी छन्, उनलाइ आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हो, जिल्ला अस्पतालमा आइसोलेसनको ब्यबस्थापन नहुँदा क्वारेनटाइनमा उपचार भइरहेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् । अछामको बयलपाटा पनि लिन नसकिने अबस्था र मार्तडीमा आइसोलेसन ब्यबस्थापन नहुँदा समस्या भएको शाहले वताए ।
हेपाटाइटिस सरुवा रोग हो, उनि बसेको क्वारेनटाइमा ३७ जना भारत बाट बसिरहेका छन् । १ जना गर्भवती र ९ जना वालवालिका रहेका छन् । एकातिर आफु बिरामी छु, अर्कोतिर हेपाटाइटिस अरुलाई पनि सर्ने जोखिम हुने रहेको ति युवाले बडिमालिका खबरलाइ बताएका छन् । खाना पानि धारा र शौचालय सबै सँगै प्रयोग गरिरहेको उनले वताएका छन् । उनि भारत बाटनै बिरामी भएर नेपाल आएका थिए ।
उनि मात्र नभइ क्वारेनटाइनमा जटिल बिरामी भएकालाइ क्वारेनटाइनमा उपचार गर्ने गरेका छन् । सदरमुकाम मार्तडीमा रहेको क्वारेनटाइनमा केही दिन पहिला एक बालिका बिरामी हुँदा स्वास्थ्यकर्मीले क्वारेनटाइनमा उपचार गरेका थिए । जिल्लाका अन्य क्वारेनटाइनमा पनि बिरामी भइरहेका छन्, आइसोलेसन ब्यबस्थान नहुँदा समस्या भएको छ । जिल्ला अस्पताल बाजुराका डा. रोहित गिरि भन्छन्, आइसोलेसनको ब्यबस्थापन गर्न नसक्दा क्वारेनटाइनमा उपचार गर्नुपरेको बताँउछन् ।
डा. रोहितले भने मार्तडीमा १० बेडको आइसोलेसन छ, त्यहाँ एकजना पोजेटिभ र एकजना नेगेटिभ रहेका छन् । क्वारेनटाइनमा सबै भारत बाट आएका छन्, तिनिहरु बिरामी भए वा अन्य सम्भाबित बिरामीलाइ ल्याएर आइसोलेसन राखेर उपचार गर्न नसकिने भएकाले समस्या आएको वताए । एउटा सम्भाबित बिरामी र अर्को संक्रमित राख्ने आइसोलेसन हुनु पर्ने गिरीले वताएका छन् । अस्पताल प्रमुख डा.रुपचन्द्र बिश्वकर्मा भने कोरोनाको उपचार संलग्न रहेका छन् । चाडै ब्यबस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ ।
आइसोलेसनको ब्यबस्थापन नहुदा जिल्ला अस्पतालको आइसोलेसनमा कोरोना पोजेटिभ र नेगेटिभको शौचालय एउटै रहेको छ । अस्पतालको आइसोलेसनमा एकजना कोरोना संक्रमित र एकजना नेगेटिभ भएपनि शौचालय भने एउटै रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
आइसोलेसनमा राखिएका लागि एउटै शौचालयको ब्यबस्थापन भएकाले बाध्य भएर एउटै प्रयोग गर्नु परेको आइसोलेसनमा राखिएका पुरुषले वताएका छन् । अस्पतालका प्रमुख तथा कोरोना संक्रमितको उपचारमा खटिएका डा. रुपचन्द्र बिश्वकर्मा भन्छन्, पहिलो रिपोट नआउदा सम्म सबै सँगै थिए । पछि रिपोट आउदा मृतक वालिका, आमालाइ कोरोना पोजेटिभ र बुवालाई नेगेटिभ रिपोट आएपछि फरक फरक बेडमा राखेको भएपनि शौचालय भने एउटै रहेको छ । बिश्वकर्माका अनुसार आज दुबैको स्वाब संकलन गरेर पठाउने दुबैलाइ फरक फरक शौचालयको ब्यबस्थापन गर्ने बताएका छन् । आइसोलेसनमा बसेका पुरुषले भने रिपोट नआउदा सम्म सबै सँगै थियो, रिपोट आएपछि अलग अलग बस्दै आएको वताए ।

चर्चामा

सम्बन्धित समाचार