शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा थपिएका संक्रमित, कैलालीमा १०, कञ्चनपुरमा ८ र अछाममा ९

सुदूरपश्चिममा थपिएका संक्रमित, कैलालीमा १०, कञ्चनपुरमा ८ र अछाममा ९

  • मङ्लबार, जेष्ठ २०, २०७७
सुदूरपश्चिममा थपिएका संक्रमित, कैलालीमा १०, कञ्चनपुरमा ८ र अछाममा ९

धनगढी —  सुदूरपश्चिममा आज एकैदिन थप २७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ७३ पुगेको छ।

धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको हो। कैलालीको टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टिमा रहेका २०, ३५ र ६३ बर्षीय पुरुष र १८ बर्षीय युवतीमा कोरोना पुष्टि भएको छ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को त्रिभुवन माविको क्वारेन्टिमा रहेका ३२ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

यस्तै कञ्चनपुरको पुनरवास नगरपालिकाका ३३, ३५, ३६ र ५२ बर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ बर्षीय पुरुष, कञ्चनपुरको आईविआरडीमा रहेको क्वारेन्टिनमा रहेका २८ र ३० बर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

उता सुर्खेतमा गरीएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिला सहित ८ जना र मंगलसैन नगरपालिकाका एक जना गरी नौँ जनामा कोरोना पुष्टि भएको हो। अछाम जिल्लाकै चौरपाटी गाउँपालिकाका एक जनामा हिजो साँझ मात्रै सुर्खेतमा गरीएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।

सुदूरपश्चिमका ७३ जना संक्रमित मध्ये ७१ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ। एक जना संक्रमितको मृत्यु भईसकेको छ भने ६ जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन्।

सबैभन्दा बढि कैलालीका ३३ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका पाँच, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एक÷एक जनामा कोरोना पुष्टि भएको छ। उनीहरु सबै सम्बन्धित जिल्लामा भने छैनन्। डोटी र बैतडीका चार÷चार र अछामका दुई जनाको सेती अस्पतालमा उपचार भईरहेको छ।

चर्चामा

सम्बन्धित समाचार