शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ४
  • गण्डकी प्रदेशमा थप १० जनामा कोरोना, पर्वतमा पनि भेटिए संक्रमित

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना, पर्वतमा पनि भेटिए संक्रमित

  • मङ्लबार, जेष्ठ २०, २०७७
गण्डकी प्रदेशमा थप १० जनामा कोरोना, पर्वतमा पनि भेटिए संक्रमित

गण्डकी प्रदेशमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा र पर्वतमा ५–५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार स्याङ्जा चापाकोटका नगरपालिकाका २२, २६, ३२ र ४० का ४ जना पुरुष र स्याङजा विरुवा गाउँपालिकाका २० वर्षीय पुरुष गरी ५ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पर्वत जिल्लामै पहिलो पटक कोरोना भेटिएको छ । मंगलबार पर्वत फलेबास नगरपालिकाका २० र ४० वर्षीय पुरुष, महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका ३ जना पुरुष गरी पर्वत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको डा शर्माले जानकारी दिए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । जसमध्ये बागलुङमा २ र लमजुङका एकजना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीका बागलुङ, स्याङ्जा, लमजुङ, तनहुँ, नवलपुर, गुल्मी, म्याग्दी गरी ७ जिल्लामा कोरोना देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार