शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कोरोनालाई मध्यनजर गरी कृषि र रोजगारमुलक कार्यक्रम ल्याउछु अध्यक्ष : रावत (भिडियो सहित)

कोरोनालाई मध्यनजर गरी कृषि र रोजगारमुलक कार्यक्रम ल्याउछु अध्यक्ष : रावत (भिडियो सहित)

  • सोमवार, जेष्ठ १९, २०७७
कोरोनालाई मध्यनजर गरी कृषि र रोजगारमुलक कार्यक्रम ल्याउछु अध्यक्ष : रावत (भिडियो सहित)

बाजुरा — खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले कोरोनालाई मध्यनजर गरी कृषि र रोजगारमुलक कार्यक्रमहरु लाई निति तथा कार्यक्रममा ल्याउने बताएका छन् । बडिमालिका खवरको नियमीत कार्यक्रम कोरोना कहरमा स्थानीय तहको भुमीका बिषायक अन्तरबार्ता कार्यक्रममा अध्यक्ष रावतले यस्तो बताएका हुन् ।
नेपाल कृषि प्रधान देश भएपनि कृषि क्षेत्रमा हामी आत्मनिर्भर छैनौं जसकारण हाम्रो परनिर्भरता बढ्दो छ र अब गाउँमा भित्रीएका युवाहरुका लागि कृषीमा लाग्ने गरी योजना बनाउन थालीएको अध्यक्ष रावतले बताए । परम्परागत कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न छ्र्र्रोडेर विदेश पलायन हुने दरलाई न्युनिकरण गरी स्वारोजगार हुने कार्यक्रमहरु गाउँपालिकाको निति तथा कार्यक्रमा ल्याउने सोचमा रहेकहो अध्यक्ष रावतले अन्तबार्तामा भनेका छन । शिक्षित व्यक्ति तथा वेरोजगार युवाहरु जो किसानका छोराछोरी छन् उनीहरु विदेश पलायन हुने क्रम तीब्र रहेकोले गाउँमै रोजागरी हुने कार्यक्रम नै अबको गाउँपालिकाको रणनीतीक योजना बनाएर अघि बढ्ने बताएका छन् । विगतमा हुँदै आएको उत्पादनमा ह्रास आई कृषि उत्पादन विदेशबाट आयात गर्नु पर्ने वाध्यता लाइ आधुनीकरणमा लैजाने योजनाका साथ लागेको गाउँपालिका अध्यक्ष रावतको भनाइ रहेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारणले हाम्रो कृषि क्षेत्र धेरै आक्रान्त हुने अवस्थामा पुगेको र रोजगारीको शिलशिलामा देश बाहीर जाने युवाहरु बेरोजगार बन्ने परिस्थतीमा गाउँपालिकाले रोजगारसंगै कृषिलाई बढवा दिने कार्यक्रम ल्याउन आबस्यक रहेको अध्यक्ष रावतले बताएका छन् । किसानले उत्पादन गरेका तरकारी, दुध, अण्डा जस्ता वस्तु बजारमा पुर्याउन नसक्दा कुहिएर, विग्रिएर नास हुने परिस्थीतीलाई गाउँपालिकाले नै बजारको लागि पनी पहलकदमी अगाडी बढाउने बताएका छन् । अर्कोतर्फ यिनै उत्पादन उपभोक्ताले सहजरुपमा पाउन बिभिन्न ठाउँमा बजारीकरणको योजना समेत गाउँपालिकाले यसै बर्षबाट सुरुवात गर्ने बताएका छन् ।
अधिकांश युवाहरु खेतीकिसानी परिवेशबाटै हुर्किएकोले थातथलोमा फर्किने अवस्था जुटाइदिनु समाज र अर्थतन्त्र दुवैको लागि राम्रो हुने हुदा गाउँपालिकाले यो काम गर्न आबस्यक रहेकोले यसै बर्षबाट योजनाका साथ गाउँपालिका लागिपर्ने बताएका छन् । साथै स्वदेश फर्केको यो समुदायले ल्याउने ज्ञान र सीप कृषि क्षेत्रको अनिवार्य आधुनिकीकरणको लागि पनि फलदायी हुने निश्चित रहेको बताए । रोजगारी खोसिएर फर्किएका युवालाई कृषि क्षेत्रमा समेट्ने रणनीति र काम गर्ने उपयुक्त वातावरण वनाउन सके विद्य्मान संकटलाई खाद्यान्नमा आत्मनिर्भरताको साथै कृषी क्षेत्रमा फट्को मार्न सकिने र सरल काम भएकोले यसको परिकल्पना गाउँपालिकाले गरीसकेको बताएका छन । बिदेशबाट आउने हरुका लागि अवसरको रुपमा वदल्न कोषिस गर्नेछु अध्यक्ष रावतले बडिमालिका खवरसंग भनेको छन् ।

https://www.youtube.com/watch?v=tWdIecO-toE

चर्चामा

सम्बन्धित समाचार