बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • पहिलो पटक डोटीमा पनि एक जनामा कोरोना पुष्टि भए संगै सुपका ९ जिल्लामा पुग्याे काेराेना

पहिलो पटक डोटीमा पनि एक जनामा कोरोना पुष्टि भए संगै सुपका ९ जिल्लामा पुग्याे काेराेना

  • सोमवार, जेष्ठ १९, २०७७
पहिलो पटक डोटीमा पनि एक जनामा कोरोना पुष्टि भए संगै सुपका ९ जिल्लामा पुग्याे काेराेना

डोटीमा पनि एक जनामा पहिलो पटक कोरोना पुष्टि भएको छ । सुदूरपश्चिममा थप १८ जना सङ्क्रमित थपिए सँगै डोटीमा पनि एक जनामा कोरोना पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार नयाँ सङ्क्रमित मध्ये कैलालीका १४ जना रहेका छन्। उनीहरू मध्ये ११ जना पुरुष र तीन जना महिला रहेका छन्।

त्यस्तै अछाम, बैतडी, डोटी र कञ्चनपुरका थप एक एक पुरुषमा कोरोना पुष्टि भएको छ । योसँगै प्रदेशभित्र सङ्क्रमितको सङ्ख्या  ४३ पुगेको छ। प्रदेश बाहिर थप दुई जनाको उपचार भइरहेको छ भने एक जना डिस्चार्ज भरसकेका छन्।

चर्चामा

सम्बन्धित समाचार