बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको आइसोलेसनमा कोरोना पोजेटिभ र नेगेटिभको शौचालय एउटै

बाजुराको आइसोलेसनमा कोरोना पोजेटिभ र नेगेटिभको शौचालय एउटै

  • सोमवार, जेष्ठ १९, २०७७
बाजुराको आइसोलेसनमा कोरोना पोजेटिभ र नेगेटिभको शौचालय एउटै

सदरमुकाम मार्तडीको जिल्ला अस्पतालको आइसोलेसनमा कोरोना पोजेटिभ र नेगेटिभको शौचालय एउटै रहेको छ । अस्पतालको आइसोलेसनमा एकजना कोरोना संक्रमित र एकजना नेगेटिभ भएपनि शौचालय भने एउटै रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । अलग अलग ब्यबस्थापन हुनुपर्ने भएनि बाध्य भएर एउटै प्रयाेग गर्ने गरेका छन् ।
आइसोलेसनमा राखिएका लागि एउटै शौचालयको ब्यबस्थापन भएकाले बाध्य भएर एउटै प्रयोग गर्नु परेको आइसोलेसनमा राखिएका पुरुषले वताएका छन् । अस्पतालका प्रमुख तथा कोरोना संक्रमितको उपचारमा खटिएका डा. रुपचन्द्र बिश्वकर्मा भन्छन्, पहिलो रिपोट नआउदा सम्म सबै सँगै थिए । पछि रिपोट आउदा मृतक वालिका, आमालाइ कोरोना पोजेटिभ र बुवालाई नेगेटिभ रिपोट आएपछि फरक फरक बेडमा राखेको भएपनि शौचालय भने एउटै रहेको छ । बिश्वकर्माका अनुसार आज दुबैको स्वाब संकलन गरेर पठाउने दुबैलाइ फरक फरक शौचालयको ब्यबस्थापन गर्ने बताएका छन् । आइसोलेसनमा बसेका पुरुषले भने रिपोट नआउदा सम्म सबै सँगै थियो, रिपोट आएपछि अलग अलग बस्दै आएको वताए ।
आइसोलेसन एउटै छ, संकास्मतलाई पनि त्यहि र संक्रमितलाई पनि त्यहि राख्नु पर्ने बाध्यता रहेको छ, त्यसको लागि अस्थायि अर्को ब्यबस्थापन लागेको अस्पताल प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताए । जिल्लामा जोखिम बढदै गएपछि ब्यबस्थापन गर्न निकै ग्राहो हुने वताएका छन् । कोरोना बिरामीको उपचार गरिरहेका आफुहरुलाई पनि बस्ने ब्यबस्थापन राम्रो नभएको शौचालय पनि एउटै रहेको वताएका छन् । जेठ १५ गते तिन जना आइसोलेसनमा ल्याइएको थियो । वालिकाको कोरोना बाट मृत्यु भइसकेको छ भने, आमा संक्रमित छन् । बुवाको रिपोट नेगेटिभ आएको छ । दुबै जना अस्पतालको आइसोलेसनमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार