शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अझै ढाकछोप गर्ने के के आधारहरु छन्

अझै ढाकछोप गर्ने के के आधारहरु छन्

  • सोमवार, जेष्ठ १९, २०७७
अझै ढाकछोप गर्ने के के आधारहरु छन्

मेरा चुनौतिको पनि आफ्नै प्रकारहरु छन्
जिन्दगीले उठाउनै पर्ने केही भारहरु छन्
खै केका लागि कसका लागि बढिरहन्छ कर
जनता माथि यस्ता सरकारी प्रहारहरु छन्
नाङ्गै भैसक्यो सरकार तिम्रो कुटनिटिक हैसियत
भन ! अझै ढाकछोप गर्ने के के आधारहरु छन्
उनको एउटा मन भित्र धेरै जना अटाउने
हदैसम्मको व्यस्त रहने कारागारहरु छन्
विवाह पछि एक कुमार बाध्यताले विदेशियो
अक्सर तिमी जस्ता थुप्रै यहाँ कुमारहरु छन्
आक्रोशित नितेश

चर्चामा

सम्बन्धित समाचार