शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • देश
  • कोरोना बाट मृत्यु भएकि वालिकाको शब सेनाले यसरी गरे ब्यबस्थापन (भिडियाे सहित)

कोरोना बाट मृत्यु भएकि वालिकाको शब सेनाले यसरी गरे ब्यबस्थापन (भिडियाे सहित)

  • आइतवार, जेष्ठ १८, २०७७
कोरोना बाट मृत्यु भएकि वालिकाको शब सेनाले यसरी गरे ब्यबस्थापन (भिडियाे सहित)

बाजुरा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएकी बालिकाको सव ब्यबस्थापन नेपाली सेनाले गरेको छ । समरजित गुम्लका नेपाली सेनाले कोरोना संक्रमित बाट मृत्युको शब ब्यबस्थापन निर्देशिका मार्फत शब ब्यबस्थापन गरेर गाडिएको नेपाली सेनाका मेयर रबिन श्रेष्ठले वताएका छन् ।


मृतक वालिकाको शब जिल्ला अस्पताल बाजुराको आइसोलेसन कक्षमा राखिएको थियो । शब बडिमालिका नगरपालिकाको राप्कको बुढिगंगा नदिको किनारामा गाडिएको छ । बडिमालिका नगरपालिकाको टिफर मार्फत लगेको थियो । डोजर मार्फत खाल्डो खनेर मृतक वालिकालाई पुरेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बढुवालले वताएका छन् ।


बाजुरामा २ बर्षिय वालिकाको कोरोनाका कारण मृत्यु, र आमा पनि कोरोना संक्रमित देखीए संगै बुढिगंगा नगरपालिका १ को धुरालसैन माबि सिल गर्ने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको आइसोलेसनमा अबस्था जटिल भएपछि मृतक बालिका सहति उनका आमा बुवा समेत जेठ १५ गते सदरमुकाम मार्तडीमा आइसोलेसनमा ल्याएको थियो ।

बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएको बालिका कोरोना बाट मृत्यु भए संगै संक्रमित बसेको क्वारेन्टाइन समेत सिल गर्ने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुढिगंगा १ घर भएकी २ बर्षिय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो । उनको सेति प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको परिक्षणमा कोरोना पोजेटिभ देखीएको हो । आईतवार दिउँसो आएको रिर्पोटमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार