शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बिदेशको रक्षा गर्ने औजार बनेका लाई

बिदेशको रक्षा गर्ने औजार बनेका लाई

  • आइतवार, जेष्ठ १८, २०७७
बिदेशको रक्षा गर्ने औजार बनेका लाई

बिदेशको रक्षा गर्ने औजार बनेका लाई,
सोध देशभीत्र बिषालु झार बनेका लाई।

कस्को नेतृत्व गरि राखेकाछन देशभीत्र,
हेर न राष्ट्र घात गर्ने तरवार बनेका लाई।

उनि नव लैण्डुव मात्र होईनन् एजैन्ट र,
साम्राज्यावादकै खास तार बनेका लाई।

देश भित्र संघिता ल्याउँने उदेश्य बुझ्यौ,
जातियता द्वौन्दका आधार बनेका लाई।

आज फिजि भन्दा कमछैन हाम्रो देशनी,
चिन जनताले दुश्मनको मद्त गार लाई।

मौलाएकै छन हिमाल पहाड तराई भीत्र,
घेर्नै पर्छ अब त दुश्मनका यिनै यार लाई।

उठ जुट यहि देशका देशभक्त जनताहरु,
सबक सिकाउँ देशका गद्धार बनेका लाई।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार