शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी विरुवा रोपेर रजत बर्ष मनाउदै

सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी विरुवा रोपेर रजत बर्ष मनाउदै

  • आइतवार, जेष्ठ १८, २०७७
सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी विरुवा रोपेर रजत बर्ष मनाउदै

बाजुरा — सामुदायिक वनका उपभोक्ता समूहहरुको वनमाथिको अधिकार स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने तथा उपभोक्ता समूहको क्षमता र नेतृत्व विकास गर्ने लक्ष्य सहित २०५२ साल जेठ १८ गते महासंघ स्थापना भएको सामुदायिक वन उपभोक्ता महासंघ २५ औं बर्षमा प्रवेश गरेको छ ।

स्थापनाको रजत जयन्तीका अबसरमा जेठ १८ गते देशभरका २२ हजार २६६ सामुदायिक वनका २९ लाख ७ हजार ८७१ घरधुरीले वृक्षरोपण गरिरहेका छन् । उनीहरुले आफ्नो घरआगन,बगैचा तथा आफ्नो जग्गामा जहाँ पायक पर्छ त्यही विरुवा रोपेर रजत जयन्ती मनाइदै गरेको सामुदायिक वन उपभाेक्ता महासंघ केन्द्रीय सदस्य शेर बहादुर शाहीले बताए।

सामुदायिक वन उपभाेक्ता महासंघ केन्द्रीय सदस्य शेर बहादुर शाही विगत १५ बर्ष देखि सामुदायिक वन तथा प्राकृतिक श्राेतकाे अभियनमा लागेकाे छन् ।  अभियानकाे अगुवाइ त अखण्ड सुदुर पश्चिम जिल्ला खुल्ला दिशा मुक्त र पु्णफसरसफाइ लगायतका सामाजिक क्षेत्रमा काम गर्दै अाएका शाहीले सामुदायीक बनकाे रजत जयन्तीकाे अबसरमा २ सय कागती राेपेर मनाएकाे बताएका छन् । कागती माैसमि ब्यबसायलाइ फस्टाउनकाे लागि २ सय बिरुवा उत्पादन क्षमताकाे हाईटेक नर्सरि बनाउदै छु केन्द्रीय सदस्य शाहीले बताए ।

पच्चिस वर्षको अवधिमा महासंघले आफूलाई नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजको रुपमा स्थापित हुन र परिचित गराउन सफल भएको महासंघका केन्द्रीय सदस्य शाहीले बताएका छन्  ।

“वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार ः उद्यमशिलता र सशक्त संगठन समृद्धिको आधार” भन्ने नाराका साथ २५ औ स्थापना दिवस भव्य रुपमा देशव्यापी मनाउने महासंघको योजना भएपनि विश्व कोरोना भाइरस (कोभिड १९)को सक्रमणबाट गुज्रेको र नेपालमा समेत असर पर्दा देश पुर्णरुपमा लकडाउनमा भएकोले शनिवार दिपावली र आइतवार घरघरमा वृक्षरोपणको कार्यक्रम गरिएको महासंघका केन्द्रीय सदस्य शाहीले बताएका छन् ।  रजत जयन्तीमा विभिन्न जिल्लामा पनि कार्यक्रमहरु भैरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार