शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • लिपुलेक लिम्पियाधुरा सहितको नक्सा नेपालले जारी गरे पनी भुमी फेर्ता गर्न नेबिसघं सरकारकाे पक्षमा उभिनेछ त्रिबी नेबिसंघ नेता रावल (भिडियो सहित )

लिपुलेक लिम्पियाधुरा सहितको नक्सा नेपालले जारी गरे पनी भुमी फेर्ता गर्न नेबिसघं सरकारकाे पक्षमा उभिनेछ त्रिबी नेबिसंघ नेता रावल (भिडियो सहित )

  • शनिबार, जेष्ठ १७, २०७७
लिपुलेक लिम्पियाधुरा सहितको नक्सा नेपालले जारी गरे पनी भुमी फेर्ता गर्न नेबिसघं सरकारकाे पक्षमा उभिनेछ त्रिबी नेबिसंघ नेता रावल (भिडियो सहित )

बाजुरा —  नेपालले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक र कालापानी पनि समावेश गरिएपछि भारतले चर्को विरोध गर्नुको कुनै फाइदा नभएको नेबिसघ त्रिभुवन बिश्वबिद्यालय सचिव योगेन्द्र रावलले बताए । नेपालले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी र लिपुलेक क्षेत्रलाई समावेश गरेपछि भारतले यसको चौतर्फी बिरोध नगर्नु नै उत्तम हुने नेबिसघ नेता रावलले बताए ।
नेपाली भूमिमाथिको हस्तक्षेप विरुद्धको प्रदर्शनमा ‘गो व्याक इन्डिय’ को नारा समेत लगाएका थिए । लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो भन्दै प्रदर्शनकारीले भारतबाट मिचिएका सबै सिमाना निर्धारण गरी काँडे तारबार लगाउन समेत माग नेबिसघ त्रिबि सचिव रावलले बताएकाख हुन ।
बडिमालिका खवरको नियमित कार्यक्रम समसामुहिक बहास तथा अन्तबार्ता कार्यक्रममा बोल्दै बिद्यार्थी नेता रावलले यस्तो बताएका हुन । यतिबेला विद्यार्थी संगठनहरु पनि भारतिय गतिविधीका सामू घुँडा नटेक सरकार भन्दै आह्वान गरिरहेका छन् र नेबिसघ त पहिले देखी नै लागिरहेको कुरा अन्तबार्तामा भनेका छन् ।
नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरेकोमो नेबिसघले सरकारलाई बधाइ समेत दिएको र यस बिषयमा पछि नहट्न र नेबिसघ सरकारको साथमा रहने बताए ।
ऐतिहासिक तथ्य, प्रमाण र आधारहरूले नेपालको पश्चिमोत्तर सीमा लिम्पियाधुराबाट निस्किने काली नदी हो भन्ने पुष्टि गर्दछन् । तर, समयक्रममा काली नदी वरको लिपुलेक निसृत लिपु खोलालाई सीमा भनियो, अहिले त त्यसभन्दा पनि यताको सानो कृत्रिम खोल्सालाई नै नेपालको सीमा भन्दै नेपाली भूमि कालापानीमा भारतीय सेनाको फौज बसिरहेको सेनालाई हटाउन समेत नेता रावलले माग गरेका छन् । भारतले केही महिना अघि जारी राजनीतिक नक्शामा समेत आफ्नो सरहद भित्र पारेको यही नेपाली भूमी भएर चीनको मानसरोवर जाने बाटो निर्माण गरेको छ । कोरोनाभाईरसको संक्रमणविरुद्द दुवै मुलुकमा बन्दाबन्दी रहेकै अवस्थामा यही २६ बैशाखमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले धार्चुलादेखि लिपुलेकसम्मको लिंकरोडको उद्घाटन गरेपछी यो मुद्दा पुनः सतहमा आएको छ । यस बिषयमा सरकार जनता सबै एकै ठाउँमा हुन जरूरी रहेकाे रावलकाे भनाइ रहेकाे छ ।

https://www.youtube.com/watch?v=kQQ_wpZWtvA

चर्चामा

सम्बन्धित समाचार