बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • कपिलवस्तुमा आज पनि ७७ जनामा कोरोना संक्रमणको पुष्टि

कपिलवस्तुमा आज पनि ७७ जनामा कोरोना संक्रमणको पुष्टि

  • शनिबार, जेष्ठ १७, २०७७
कपिलवस्तुमा आज पनि ७७ जनामा कोरोना संक्रमणको पुष्टि

कपिलवस्तुमा आज मात्र थप ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । हिजो ५२ जना एकैपटक संक्रमति भएको कपिलवस्तुमा आज थप ७७ संक्रमित भएपछि संख्या २ सय ६५ पुगेको छ । जिल्ला स्वाथ्य कार्यालय कपिलवस्तुका अनुसार थपिएका संक्रमितहरु जिल्लाको महाराजगञ्ज नगरपालिका का वर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन् । त्यस्तै कृष्णनगर नगरपालिकाका वर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुषमा संक्रमणको पुष्टि भएको छ ।

यसैगरी यशोधरा गाउँपालिकाका १६ देखि ४८ वर्षसम्मका पुरुष २६ र २५, १९ वर्षका महिला २ जनामा पनि संक्रमणको पुष्टि भएको छ । संक्रमितहरुको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट औपचारिक पुष्टि हुन बाँकी छ । हिजो र आज संक्रमित भेटिएका व्यक्तिहरु कपिलवस्तुका विभिन्न क्वारेटाईनमा बसेकाहरु हुन् । भारतबाट आएर कपिलवस्तुका क्वारेनटाईमा बसेकारहरुमा धमाधम संक्रमण देखिन थालेको छ ।

चर्चामा

सम्बन्धित समाचार