शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाले काठमाण्डौमा अध्ययन गर्दै आएका बिद्यार्थीको उद्धार

बुढिगंगा नगरपालिकाले काठमाण्डौमा अध्ययन गर्दै आएका बिद्यार्थीको उद्धार

  • शनिबार, जेष्ठ १७, २०७७
बुढिगंगा नगरपालिकाले काठमाण्डौमा अध्ययन गर्दै आएका बिद्यार्थीको उद्धार
  • बाजुरा — बाजुराबाट अध्यायनको शिलसिशालामा काठमाण्डौमा रहेका बाजुरा जिल्लाका बिभिन्न स्थानीय तहका बिद्यार्थी सहित ६ आटो गाडी बाजुराका लागि छुटेका छन् । बिभिन्न स्थानीय तहले आफ्ना नागरिकहरुको उद्धार गर्ने निणर्य अनुसार एकै दिन ६ ओटा गाडी काठामाण्डौ बाट आउदै गरेको बुढिगंगा नगरपालिकाका प्रमुख दिपक बिक्रम शाहले बताए ।
    बुढिगंगा नगरपालिकाका मात्र ७२ जना बिद्यार्थीहरु काठमाण्डौबाट हिडीसकेको गाडीमा स्वार भएका बिद्यार्थी दिपेन्द्र शाहीले बताए । बडिमालिका खवरलाई जानकारी दिदै शाहीले काठमाण्डौ बाट दाङ पुगीसकेको बताएका छन् । नगरपालिकाको सहयोगमा बुढिगंगा नगरपालिकाका ७२ जना गाडीमा आइसकेको उनले बताएका छन् ।
    त्यसै गरी बडिमालिका नगरपालिका त्रिबेणी नगरपालिका खप्तड छेडेदह गाउँपालिका लगायत अन्य स्थानीय तहका काठमाण्डौमा अलपत्र अबस्थामा रहेका बिद्यार्थी मजदुर हरु पनी आउने क्रम रहेको बिभिन्न स्थानीय तहले जनाएका छन् ।
    कोही स्थानीय तहले सहयोग गरेर कतिपय स्थानीय तहको समन्वय नभएर अलपत्र अबस्थामा बाजुरा आउने क्रम बढेको छ ।
    त्यसै गरी भारतका बिभिन्न ठाउँमा रोजागरीको शिलशिलामा गएका बाजुराका नागरीक पनी आउने क्रम दिन प्रतिदिन बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएका छ ।

चर्चामा

सम्बन्धित समाचार