बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा ७६ क्वारेनटाइनमा १७ सय ७८ जना

बाजुरामा ७६ क्वारेनटाइनमा १७ सय ७८ जना

  • शुक्रबार, जेष्ठ १६, २०७७
बाजुरामा ७६ क्वारेनटाइनमा १७ सय ७८ जना

बाजुराका जिल्लाका ९ वटा स्थानिय तहका ७६ वटा क्वारेनटाइनमा १ हजार ७ सय ७८ जना बसिरहेका छन् । भारत बाट जिल्लामा आउनेको संख्या बढेपछि क्वारेनटाइनमा बस्नेको संख्या पनि बढेको शुक्रवार बजे सम्म १ हजार ७ सय ७८ जना बसेका भएपनि थपिदै जाने जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
२ सय २५ जना महिला र १२ सय २३ जना पुरुष त्यस्तै १ सय २८ जना वालवालिका क्वारेनटाइनमा रहेको छन् । अहिले क्वारेनटाइनमा बसेका अधिकांश भारत बाट आएर बसेका जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । १४ दिन क्वारेनटाइनमा राखेर परिक्षण पनि घर पठाउने रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले वताएका छन् ।
क्वारेनटाइनमा बस्नेको नियमित चेकजाँच गर्नुपर्ने भएपनि स्वास्थ्यकर्मीको ब्यबस्थापन नगरेको पाईएको छ । चिकित्सकको अनिवार्य निगरानिमा हुनुपर्ने भएपनि बाजुराको कुनै पनि क्वारेनटाइन चिकित्सकको निगरानि नभएको पाईएको छ । जिल्ला चिकित्सकको संख्या कम भएकाले पनि समस्या भएको पाईएको छ ।
क्वारेनटाइनमा बस्ने संख्या बढेको भएपनि क्वारेनटाइनको ब्यबस्थापन भने निकै फितलो रहेको छ । बस्ने ब्यबस्थापन देखी खाद्यन्न समेत राम्रो नभएको समचार आइरहेका छन् । ७६ क्वारेनटाइन मध्ये अधिकांशमा सामान्य ब्यबस्थापन पनि नभएको पाईएको छ । अर्को क्वारेनटाइनको कुनै पक्ष बाट पनि अनुगमन नभएको पाईएको छ । सम्बन्धित स्थानिय तह, जिल्ला समन्वय समिति जिल्ला प्रशासन लगायत निकायहरुले अनुगमन गर्नुपर्ने भएपनि कसैले अनुगमन नगरेको क्वारेनटाइनमा बसिरहेकाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार