शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • संक्रमितलाई आइसोलेसनमा लग्न खोज्दा स्थानीयले ढुंगामुढा गरेपछि हवाई फायर

संक्रमितलाई आइसोलेसनमा लग्न खोज्दा स्थानीयले ढुंगामुढा गरेपछि हवाई फायर

  • शुक्रबार, जेष्ठ १६, २०७७
संक्रमितलाई आइसोलेसनमा लग्न खोज्दा स्थानीयले ढुंगामुढा गरेपछि हवाई फायर

रौतहटमा स्थानीय र प्रहरीबीच झडप हुँदा हवाई फायर भएको छ। शुक्रबार बिहान इशनाथ नगरपालिका वडा नम्बर- ७ स्थित मदरसाको क्वारेन्टिनबाट दुई जना संक्रमितलाई आइसोलेसनमा लग्न लाग्दा स्थानीयले अवरोध गरेका हुन्।

स्थानीयले चिकित्सक तथा प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत श्रेष्ठले जानकारी दिए।’संक्रमितहरूलाई आइसोलेसनमा लग्न लाग्दा अवरोध गरे,’उनले भने,’उनीहरूले हाम्रो मान्छेलाई यतै राख्न पर्छ भनेर अवरोध गरेका हुन्। ढुंगामुढा गरेपछि हवाई फायर भएको छ।’ कति पटक हवाई फायर भएको भन्ने रिपोर्टिङ भइनसकेको उनले बताए। #सेताेपाटि

चर्चामा

सम्बन्धित समाचार