बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • फुटबल
  • यी हुन्, प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने शीर्ष पाँच खेलाडी

यी हुन्, प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने शीर्ष पाँच खेलाडी

  • शुक्रबार, जेष्ठ १६, २०७७
यी हुन्, प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने शीर्ष पाँच खेलाडी

एजेन्सी । प्रिमियर लिग फुटबल सर्वाधिक हेरिने विश्व फुटबलको लिगअन्तर्गत पर्छ । युरोपियन लिगहरूमा उत्कृष्ट मानिने प्रिमियर लिग सन् १९९२ फेब्रुअरीबाट सुरु भएको थियो ।

प्रिमियर लिगमा अनुबन्ध हुने खेलाडी र त्यसमा हुने लगानीले प्रतियोगितालाई विश्वकै सर्वाधिक चर्चित लिगका रूपमा बयान गरिएको छ । प्रिमियर लिगमा खेलेर धेरै गोल गर्ने सबै खेलाडीको चाहना हुन्छ ।

उत्कृष्ट लिगमा अनुबन्ध भएर सहजै गोल गर्न सक्ने सम्भावना धेरै खेलाडीलाई हुँदैन । प्रिमियर लिगमा हालसम्म पुराना पुस्ताका खेलाडीले सर्वाधिक गोलकर्ताको सूचीमा स्थान बनाएका छन् ।  प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने शीर्ष पाँच खेलाडीको सूची प्रस्तुत गर्न गइरहेका छौं ।

फ्रान्क लाम्पार्ड (गोल–१७७)
फ्रान्क लाम्पार्ड हाल प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक हुन् । उनी चेल्सीका लिजेन्डरी खेलाडीका रूपमा पनि चिनिन्छन् । मिडफिल्डर लाम्पार्ड प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको चौथो स्थानमा पर्छन् । उनले प्रिमियर लिगमा ६०९ खेल खेल्दै १७७ गोल गरेका थिए ।

लाम्पार्डले चेल्सीलाई तीन प्रिमियर लिग उपाधि जिताउन सहयोग गरेका थिए । उनले २००४–०५, २००५–२००६ र २००९–१० को सिजनमा चेल्सीलाई उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेका थिए । उनले इंग्ल्यान्ड राष्ट्रिय टोलीबाट १०६ खेलमा २९ गोल गरेका छन् ।

सर्जियो अग्युरो (गोल–१८०)
अर्जेन्टिनाका स्टार खेलाडी सर्जियो अग्युरो प्रिमियर लिगका सार्वाधिक गोल कर्ताको चौथो स्थानमा पर्छन् । उनले प्रिमियर लिगमा २६१ खेल खेल्दै १८० गोल पूरा गरेका हुन् । उनले म्यानचेस्टर सिटीमा रहेर सबै गोल गरेका हुन् । अग्युरोले सिटीलाई प्रिमियर लिगमा दुई उपाधि दिलाउन सहयोग गरेका हुन् । यो सिजन भने सिटी प्रिमियर लिग उपाधि जित्नबाट वञ्चित छन् ।

एन्डी कोल (गोल–१८७)
न्युक्यासल तथा म्यानचेस्टर युनाइटेडका पूर्वस्ट्रार खेलाडी कोल प्रिमियर लिगका सर्वाधिक तेस्रो नम्बरका गोलकर्ता हुन् । कोलले प्रिमियर लिगमा धेरै क्लबबाट खेले । उनले न्युक्यासल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र फुलहमलगायत क्लबबाट खेले । कोलले प्रिमियर लिगमा ४१४ खेल खेल्दै १८७ गोल गरेका थिए । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पाँचपटक उपाधि जित्दा उनी टिमको महत्त्वपूर्ण सदस्य थिए ।

वायन रुनी (गोल–२०८)
वायन रुनी प्रिमियर लिगको सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा पर्छन् । म्यानचेस्टर युनाइटेडका पूर्वस्टार उनले प्रिमियर लिगमा ४९१ खेलमा २०८ गोल गरेका छन् । उनले सबै गोल युनाइटेड र बाल्यकालको क्लब एभर्टनबाट गरेका हुन् ।उनले युनाइटेडमा रहेर पाँच उपाधि जिताएका थिए । युनाइटेका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा रुनीलाई लिइन्छ । उनी इङ्ल्यान्ड राष्ट्रिय टोलीका लागि पनि उत्कृष्ट खेलाडीको सूचीमा छन् ।

एलान सिएरर (गोल–२६०)
प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्, एलान सिएरर । उनले प्रिमियर लिगको ४४१ खेलमा २६० गोल गरेका थिए । जुन, अहिलेसम्म कसैले तोड्न सकेको छैन । सिएररले ब्लाकबर्न रोभर्स, साउथ ह्याम्टन र न्युक्यासलबाट गोल गरेका थिए । उनले प्रिमियर लिगमा लगातार तीन सिजन गोल्डेन बुट जितेका थिए ।

चर्चामा

सम्बन्धित समाचार