आइतवार, मंसिर १४, २०७७
  • होमपेज
  • फुटबल
  • बार्सिलोनामा मेस्सीले जाभीको भूमिका लिन सक्ने

बार्सिलोनामा मेस्सीले जाभीको भूमिका लिन सक्ने

  • शुक्रबार, जेष्ठ १६, २०७७
बार्सिलोनामा मेस्सीले जाभीको भूमिका लिन सक्ने

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्याम्प नाउमा पूर्वसहकर्मी जाभीको भूमिकामा खेल्न सक्ने बताइएको छ ।

बार्सिलोनाका पूर्वअसिस्ट प्रशिक्षक डोेमेनेक टोरेन्टले मेस्सीको गतिमा कमी आएको अवस्थामा उनले जाभीको स्थानमा खेल्न सक्ने धारणा राखेका हुन् । वर्षौंदेखि मेस्सीले बार्सिलोनाको अग्रपंक्ति सम्हाल्दै क्लबलाई धेरै सफलता दिलाएका छन् । उनी अर्को महिनामा ३३ वर्ष पुग्नेछन् । क्याम्प नाउमा टोरेन्ट, पेप गार्डियोलाको सहयोगीका रूपमा मेस्सीसँग काम गरेका थिए ।

“मेस्सी धेरै बुद्धिमान खेलाडी हुन् र केही वर्षमा उनले चाहे भने पूर्वसहकर्मी जाभीको भूमिकामा खेल्न सक्छ,” टोरेन्टले भने, “यदि मेस्सीले क्रमिक रुपमा आफ्नो गतिमा कमी आएको स्थितिमा खेल्न चाहन्छन् भने सेन्ट्रल मिडफिल्डरको रूपमा खेल्न सक्छन् । अथवा उनी जहाँ चाहान्छन् त्यो स्थानमा राम्रो प्रदर्शन गर्न सक्छन् । किनकि मेस्सीले आफ्नो खुट्टामा पाएको बल गुमाउँदैन र अरूलाई सहयोग गर्छन् ।”

आफ्ना लागि मेस्सी अतुलनीय खेलाडी भएको र आफ्नो जीवनमा त्यस्तो खेलाडी नदेख्ने टोरेन्टले बताए । “कुनै एक दिन जब उनको गति कम हुन्छ, तब पनि उनी अझै अरूभन्दा उत्कृष्ट हुन्छन् । मैले उत्कृष्ट फुटबलरहरू देखेको छु । तर १५ वर्षसम्म उच्च स्कोरकर्ताका रूपमा रहेको उनीबाहेक अरू कोही पनि देखेको छैन ।”

चर्चामा

सम्बन्धित समाचार