शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकी एक मात्र महिला पत्रकार तथा रेडियोकर्मी थापालाइ सामुदायिक रेडियो पत्रकारिता पुरस्कार

बाजुराकी एक मात्र महिला पत्रकार तथा रेडियोकर्मी थापालाइ सामुदायिक रेडियो पत्रकारिता पुरस्कार

  • बिहिबार, जेष्ठ १५, २०७७
बाजुराकी एक मात्र महिला पत्रकार तथा रेडियोकर्मी  थापालाइ सामुदायिक रेडियो पत्रकारिता पुरस्कार

बाजुरा– बाजुरा जिल्लामा एक मात्र महिला पत्रकार नेपाल पत्रकार महासघ बाजुरा शाखाकी काेषाअध्यक्ष तथा रेडियो बार्जुकी स्टेशन प्रबन्धक नन्दा थापा सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । थापा सामुदायिक सूचना नेटवर्क सीआईएनले प्रदान गर्दै आएको सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन । सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट देशैभरी ५ जना पत्रकार पुरस्कृत भएका छन्  जसमा पत्रकार थापा पनी पुरस्कृत भएकी हुन।

सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेहरुमा सीआईएनका बरिष्ठ सम्बाददाता राजन रुचाल, सामुदायिक रेडियोकर्मी मध्ये महिला तर्फबाट नेपाल पत्रकार महासघ बाजुरा शाखाकी काेषाअध्यक्ष तथा रेडियो बार्जुका नन्दा थापा र रेडियो शालिग्राम पर्वतका रोशन तिवारी उत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत भएकाे  सीआईएनका प्रमुख दीपक आचार्यले बताएका छन् ।

पत्रकार थापा बाजुरा जिल्लामा लामाे समयदेखी  एक मात्र महिला  पत्रकारकाे रूपमा कृयाशिल रहदै अाएकी र थापा पुरस्कृत भएकाेमा सिगाे बाजुराकाे  पत्रकार महासघंल धन्यबाद समेत ब्यक्त गर्दछा नेपाल पत्रकार महासघ बाजुराका अध्यक्ष प्रकाश सिहंले बताए । एक मात्र बाजुरामा महिला पत्रकारहरू मध्यैकै पत्रकार थापा अग्र स्थानमा रहेर काम गरेर अाज सिअाइएनले गरेकाे मुल्याकंन एकदमै न्यायाेचित रहेकाे अध्यक्ष सिहले बताए ।

सामुदायिक रेडियो प्रसारक संघ अकोराद्धारा सञ्चालित सीआईएनले आज आफ्नो ११ औ बार्षिक उत्सबको अवसरमा पुरस्कार पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । लामो समयदेखि सामुदायिक रेडियोमा काम गर्दै अाएकी पत्रकार  थापाको सामुदायिक रेडियोमा भएको योगदान र क्षमताको कदर गर्दै पुस्कार प्रदान गरिएको सीआईएन प्रमुख आचार्यले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार