बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका सात जिल्लामा संक्रमितको संख्या २१ पुग्यो, आज थपिए चार जना

सुदूरपश्चिमका सात जिल्लामा संक्रमितको संख्या २१ पुग्यो, आज थपिए चार जना

  • बिहिबार, जेष्ठ १५, २०७७
सुदूरपश्चिमका सात जिल्लामा संक्रमितको संख्या २१ पुग्यो, आज थपिए चार जना

धनगढी : सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या २१ पुगेको छ। आज मात्रै चार जनामा कोरोना पुष्टि भएपछि संक्रमितको सङख्या २१ पुगेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।

आज कैलालीको जानकी गाउँपालिकाका २५ र ३० बर्षीय पुरुष, दार्चुलाको महाकाली नगरपालिकाका २१ बर्षीय पुरुष र बझाङका ५५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको डाक्टर देवकोटाले बताए।

बझाङका संक्रमितको सुर्खेतमा परीक्षण भएको हो भने अन्य तीन जनाको धनगढीमै परीक्षण भएको हो। बझाङका संक्रमित सुर्खेतमा छन् वा बझाङमा भन्ने बारेमा भने मन्त्रालयले खुलाईएको छैन्।

अहिलेसम्म प्रदेशमा सबैभन्दा बढि कैलालीमा १०, बैतडीमा ५, अछाममा दुई, दार्चुला, बझाङ, कञ्चनपुर र डडेल्धुरामा एकरएक जनामा कोरोना पुष्टि भएकोमा पाँच जना संक्रमित कोरोनालाई जितर घर फर्किएका छन्। #दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार