शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • कोरोनाबाट नेपालमा पाँचौ व्यक्तिको मृत्यु

कोरोनाबाट नेपालमा पाँचौ व्यक्तिको मृत्यु

  • बिहिबार, जेष्ठ १५, २०७७
कोरोनाबाट नेपालमा पाँचौ व्यक्तिको मृत्यु

काठमाडौं : कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।  ललितपुर महानगरपालिका-२२ बुङमतीका एक पुरुषको मृत्युपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो।

अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यका अनुसार उनको बुधबार दिउँसो ४ बजे मृत्यु भएको हो। मृत्युपछि आएको पीसीआर रिपोर्टको नतिजा पोजिटिभ देखिएको निर्देशक बज्राचार्यको भनाइ छ। ‘कोरोनाकै कारण ललितपुर महानगरपालिका-२२ बुङमती घर भएका ५७ वर्षीय एक पुरुषको मृत्यु भएको छ’, उनले भने।

मृतकको शव अस्पतालमै छ। अस्पताल सिल गर्न त्यहाँ प्रहरी पुगिसकेको डा. बज्राचार्यले बताए । यसअघि नेपालमा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  उनको मृत्यु कोरोनाकै कारण भएको औपचारिक पुष्टि भने गरेको छैन।

जेठ ११ गते पाटन अस्पताल पुगेका ति पुरुषलाई त्यहाँ आईसीयू नभएको भन्दै ग्वार्कोस्थित किस्ट अस्पतालमा रिफर गरिएको थियो। जेठ ११ गते अस्पतालको आईसीयूमा राखिएका उनलाई १२ गते भेन्टिलेटरमा सारिएको थियो। १२ गते भेन्टिलेटरमा राखेपछि उनको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको थियो। स्वाब परीक्षणको पीसीआर रिपोर्ट  मृत्युपछि पोजिटिभ आएको किस्ट अस्पतालका निर्देशक बज्राचार्य बताए ।

बुधबार मात्र नेपालमा एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार  नेपालमा संक्रमितको संख्या ८ सय ८६ पुगेको छ। एक सय ८३ जनाले भने कोराेना जितेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ५८ हजार २ सय ७७  र आरडीटी विधिबाट एक लाख दुई सय ८७ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार पाँचसय २५  र  आरडीटी दुई हजार तीन सय २० जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार ७० हजार तीन सय ५ जना क्वारेन्टाइन र ६ सय ९९ जना आइसोलेसनमा छन् । #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार