शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्लामा कोरोना भाईरसले गैससले पछिल्लो अवस्थाबारे छलफल

जिल्लामा कोरोना भाईरसले गैससले पछिल्लो अवस्थाबारे छलफल

  • बुधबार, जेष्ठ १४, २०७७
जिल्लामा कोरोना भाईरसले गैससले पछिल्लो अवस्थाबारे छलफल

बाजुरा जिल्लामा कोरोना भाईरसले पछिल्लो अवस्थाबारे छलफल गर्दै गैरसरकारी संस्था महासंघ बाजुराको बैठक सम्पन्न भएकाे छ ।

कोरोना भाईरसको महामारीलेजिल्लामापारेको प्रभाव, संकट व्यवस्थापनमा गैरसकारी संस्थाले पुर्याएको योगदानको समिक्षा र आगामी कार्ययोजना बारे छलफल गर्दै गैर सरकारी संस्था महासंघ जिल्लाशाखा बाजुराकाृ बैठक सम्पन्न भएको गैर सरकारी संस्था महासंघ जिल्ला शाखा बाजुराका सचिव तथा गिफ्ट नेपालका कार्यक्रम प्रबन्धक कृष्ण बहादुर अधिकारीले बताए ।आईएनएफ बाजुराको कार्यालयमा बसेको बैठकमा जिल्लामा कार्यरत विभिन्न राष्टिय तथा अन्र्तराष्टिय गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता साे बैटक सम्पन्न् भएकाे हाे  ।
कोरोना भाईरसको महामारीको संकटको समयमा हालसम्म जिल्लामा कार्यरत विभिन्न राष्टिय तथा अन्र्तराष्टिय गैर सरकारी संस्थाहरुले जिल्लाका सबै स्थानीयतहहरुमा राहत सामाग्रीहरु वितरण, स्वास्थ्य तथा सरसफाई सामाग्रीहको सहयोग, क्वारेन्टाईन व्यवस्थापनमा आवश्यक सहयोग गर्नुका साथै कोरोना भाईरसको संक्रमणबाट बच्न रेडियो मार्फत सचेतना मुलक कार्यक्रम र सन्देश प्रसारण, घरधुरीहरुलाई टेलिफोन मार्फत परामर्श गरिनुको साथै एसएमएस मार्फत समेत सचेतनामुलक सन्देश हरु सम्प्रेषण गरिएको विषयमा समेत बैठकमा छलफल गरिएको थियो । साथै आगामी दिनमा थप सहयोग तथा राहत व्यवस्थापनका लागि सम्बन्धित दातृ निकायहरुमा अनुरोध गर्ने, राहत सामाग्री वितरण गर्दा स्थानीय सरकारको समन्वयमा एकद्धार प्रणालीमा जाने लगाएतका निर्णय भएकाे गैसस महासघ बाजुराले जनाएकाे छ । त्यसै गरी  सम्पूण गैर सरकारी संस्थाले वितरण गर्ने राहत, सुरक्षा सामाग्री र अन्य सचेतना मुलक कार्यक्रमको गैरसरकारी संस्थामा  नियमति रुपमा जिल्ला प्रशासन कार्यालयलाई नियमित रिपोटिङ गर्ने र जिल्ला प्रशासन कार्यालयलाई कोरोना भाईरस सम्बन्धि जिल्लाको बस्तु स्थिति बारे दैनिक रुपमा सुचना उपलब्ध गराउन अनुरोध गर्ने निणर्य समेत गरेको महासंघका सचिव कृष्ण बहादुर अधिकारीले बताएकाे कुरा गैसस प्रतिनिधी नवराज थापा भाेटेले जानकारी गराएका छन् ।
बैठकले जिल्लाको पछिल्लो अवस्था, लकडाउनलाई थप प्रभावकारी बनाउन, क्वारेन्टाईनको उचित व्यवस्थापन, सामाजिक दुरी कायम गराउने आदी विषयमा महासंघको तर्फ जिल्ला प्रकोप व्यवस्थापन समितिको बैठकमा छलफलका लागि लैजाने बारे समेत छलफल भएका र जिल्लामा जिल्लामा कार्यरत गैर सरकारी संस्थाले कोरोना भाईरस महामारीको संकट व्यवस्थापनमा हाल सम्म जिल्लाका सबै स्थानीय तहहरुमा निम्न बमोजिम योगदान सहयोग पुर्याएको महासंघका सचिव कृष्ण बहादुर अधिकारीले बताएका छन्।
१. बडीमालिनका नगरपालिकाअन्तरगत आईएनएफ मार्फत दैनिक ज्यालादारी गर्ने ३७ जना मजदुरलाई सरकारको नियमानुसार राहत वितरण, क्वारेन्टाईन व्यवस्थापनका लाथि ५ थान कम्मल, सहास नेपाल मार्फत क्वारेन्टाईन व्यवस्थापनका लागि ५ थान ब्ल्यांकेट, स्वास्थ्य कार्यालय बाजुरालाई १० थान पिपिई, सेफ हाउसलाई २५ थान मर्यादा सामाग्री सहयोग उपलब्ध गराएको ।
२. हिमालीगाउँपालिकाअन्तरगतपीसविनमार्फत दुई हजार दुई सय घरधुरीलाई साबुन र मास्कवितरण, १५० हजार दिनकामहिलाहरुलाई अण्डा वितरण र एचआरसी मार्फत १५० पीस मास्कवितरण गरिएको ।
३. बुढीनन्दा नगरपालिकाअन्तरगतगिफ्ट नेपालमार्फत रु. १०,०००। बराबरको आधारभुत औषधि सहयोग, पीसविन मार्फत ३२ परिवारलाई सरकारको नियमानुसार राहतवितरण, ३५० एक हजार दिनका महिलाहरुलाई अण्डा वितरण, ७००० पीस सर्जिकल मास्क वितरण, ६०० पीस सेनेटरी प्याड वितरण, ३०० पीस टुथपेस्ट, ३६००० पीस साबुन वितरण, एचआरसी मार्फत २५ परिवारलाई सरकारको नियमानुसार राहत वितरण, २०० थान मास्क वितरण, रेडक्रस मार्फत ५ थानमर्यादा सामाग्री वितरण, आईएनएफ मार्फत ६५ परिवारलाई सरकारको नियमानुसार राहत वितरण र फेज नेपालमार्फत विभिन्न ओषधिहरु वितरण गरिएको,
४. स्वामीकार्तिक खापर गाँउपालिकाअन्तरगत एचआरसी मार्फत १५० थान मास्क वितरण, ३७ घरधुरीलाई सरकारको नियमानुसार राहत वितरण, क्वारेन्टाईनमा बसेका २२ जनालाई मास्क र सरसफाई सामाग्री सहयोग गरिएको ।
५. गौमुल गाँउपालिका अन्तरगत एचआरसी मार्फत पीपीई, ज्वरो नाप्ने थर्मल गन, मास्क लगायत सामाग्रीहरु सहयोग गरिएको ।
६. खप्तड छेडेदह गाउँपालिका अन्तरगत महिला विकास मंचले रु. १५००० बराबरको राहत रकम सहयोग, गुड नेवर ईन्टरनेशनल, गिफ्ट नेपाल र पीसविनबाजुरा मार्फत रु. २५०,००० राहत रकम सहयोग गरिएको ।
७. बुढीगंगा नगरपालिका अन्तरगतगुड नेवर ईन्टरनेशनल, गिफ्ट नेपाल र पीसविनबाजुरा मार्फत रु. २५०,००० राहत रकम सहयोग गरिएको ।
८. सुआहारा कार्यक्रम लगायत अन्य संघ सस्थाहरुले कोरोना भाईरसको संक्रमणबाट बच्न रेडियो मार्फत सचेतनामुलककार्यक्रम र सन्देश प्रसारण, घरधुरीहरुलाई टेलिफोन मार्फत परामर्श गरिनुको साथै एसएमएस मार्फत समेत सचेतनामुलक सन्देश हरु सम्प्रेषण गरिएको ।

साथै बैठकले गैरसरकारी संस्था महासंघ बाजुरा शाखाका अध्यक्ष अग्नी शाहीलाई पर्न गएको मातृ शोख प्रतिदुःख व्यक्त गर्दे शोक प्रस्ताव समेत पारित गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार