बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • गौरीफन्टाबाट भित्रिए सुदूरपश्चिमका १८ हजार

गौरीफन्टाबाट भित्रिए सुदूरपश्चिमका १८ हजार

  • बुधबार, जेष्ठ १४, २०७७
गौरीफन्टाबाट भित्रिए सुदूरपश्चिमका १८ हजार

धनगढी — कैलालीको धनगढीस्थित गौरीफन्टा नाका हुँदै पछिल्लोपटक भारतबाट सुदूरपश्चिमका ९ वटै जिल्लाका गरी १८ हजारभन्दा बढी बासिन्दा भित्रिएका छन् ।जेठ २ देखि १३ सम्म गौरीफन्टाबाट भित्रिएका १९ हजार २ सय ९३ जनामध्ये १८ हजार १ सय ६६ जना सुदूरपश्चिमका रहेको सशस्त्र प्रहरीको धनगढीस्थित ३४ नम्बर गणको तथ्यांक छ ।गौरीफन्टाबाट भित्रिएकाहरूमा सबैभन्दा धेरै कैलालीका ४ हजार ३ सय ५१ जना रहेको गणका एसपी कमल तिमिल्सिनाले बताए । यस्तै कञ्चनपुरका २ हजार २ सय ३४ जना छन् ।

कैलाली र कञ्चनपुरबाहेक सात पहाडी जिल्लाका ११ हजार ५ सय ८१ जना आएका छन् । पहाडी जिल्लामध्ये डोटीका सबैभन्दा धेरै ३ हजार ५ सय ३३ जना जिल्ला फर्किएका छन् । त्यसपछि क्रमशः बैतडीका २ हजार ८ सय १४, डडेलधुराका १ हजार ८ सय ५६, अछामका १ हजार २ सय ९१, बझाङका १ हजार १४, बाजुराका ८ सय ३२ र सबैभन्दा कम दार्चुलाका २ सय १५ जना छन् ।

सीमा खुला गरिएपछि पछिल्लो पटक ४९ जिल्लाका बासिन्दा गौरीफन्टाबाट भित्रिएका छन् । पहाडी जिल्लाकालाई सम्बन्धित स्थानीय तहले आफैं सवारीसाधन पठाएर पालिकाहरूमा लगिरहेका छन् । ‘हाम्रा सवारी चालकहरूले सुत्न नपाएको धेरै दिन भइसक्यो,’ डोटीको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले भनिन्, ‘गौरीफन्टाबाट हाम्रो पालिकाका बासिन्दालाई ल्याएर सम्बन्धित वडाका क्वारेन्टाइनमा राख्ने गरेका छौं ।’ याे समाचार कान्तीपुर दैनिकमा धनगढीबाट अर्जुन शाहले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार