बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सिस्नाे सँग आटो खाएर बाँचेका मान्छे (गजल)

सिस्नाे सँग आटो खाएर बाँचेका मान्छे (गजल)

  • मङ्लबार, जेष्ठ १३, २०७७
सिस्नाे सँग आटो खाएर बाँचेका मान्छे (गजल)

शिश्नो सँग आटो खाएर बाँचेका मान्छे,
देश बिदेशमै दुखःपाएर बाँचेका मान्छे।

आफ्नो तन र मन खियाएर दुनियाँलाई,
सदियौँ देखुन गुन लाएर बाँचेका मान्छे।

कुल्लि कर्मि किसान ज्यामि मज्दुर बनी,
सक्या सम्मनि दुखःढाएर बाँचेका मान्छे।

सबैलाई काम नै प्यारो हुँन्छ मान्छे हुँदैन,
त्यसैले संसारभरी अटाएर बाँचेका मान्छे,

पुस्तौँ देखि शंघर्ष गर्दै आयौँ ईतिहाश हेर,
न्याय युद्ध सदियौँ उठाएर बाँचेका मान्छे।

आफुले खाने मानो ओट लागने छैन बाश,
तर पनि आरुको घर छाएर बाँचेका मान्छे।

बनाई दुश्मनको गोली आफ्नो छाति ढाल,
देशप्रेमि गित सदियौँ गाएर बाचेका मान्छे।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार