शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • गाैरीखन्टा नाकामा उर्लियाे जनसागर एक घणणटामा ४८ सय

गाैरीखन्टा नाकामा उर्लियाे जनसागर एक घणणटामा ४८ सय

  • मङ्लबार, जेष्ठ १३, २०७७
गाैरीखन्टा नाकामा उर्लियाे जनसागर एक घणणटामा ४८ सय
  • धनगढी — कैलालीसँग सीमाना जोडिएको गौरीफन्टा नाकाबाट मंगलबार चार हजार ८ सय जना नेपाली भित्रिएका छन्। बिहान १० बजेदेखि दुई घण्टाका लागि खोलीको नाकामा यति धेरै मानिस नेपाल प्रवेश गरेका हुन्। यो संख्या लकडाउन पछिको सबैभन्दा बढी हो।

भारतबाट आउनेको संख्या बढीपछि साढे १ बजेसम्म पनि आउन दिइएको थियो।भारतको पलियामा अझै यत्तिकै मानिस रहेको र भारतका विभिन्न सहरबाट आउनेक्रम जारी रहेको सीमा क्षेत्रमा खटिएका जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले बताए।

नेपालतर्फ कैलाली र कञ्चनपुरको सीमानामा पर्ने दशगजा क्षेत्रमा मानिस नअटाएपछि भारतको पलियाबाटै मानिस आउन रोकिएको छ । सीमा क्षेत्रमा रहेका भारतीय प्रहरी चौकीका ईञ्चार्ज एसडी भट्टले पलियामा हजारौं नेपाली रहेको बताए ।

उनीहरु गाडीमै बस्न र सुत्न बाध्य छन्। भारतको पलिया बजार पनि बन्द छ । बजार बन्द भएकाले उनीहरुलाई खाना पानीको समस्या भएको भारतीय सुरक्षाकर्मीले बताएका छन्।

कञ्चनपुरको गड्डाचौकीसहित पूर्वी नेपालका सीमा नाका खुला रहेपनि गौरीफन्टा सीमानाकाबाट फर्किनेको संख्या बढेको छ । अरु नाकाहरु खुल्ने वा नखुल्ने भन्ने आशंका भएपनि नेपालका अरु प्रदेशमा नागरिक पनि गौरीफन्टा नाका भएर आइरहेका हुन् ।

जेठ २ र ३ गते लामो समय भारतको क्वारेन्टाइनमा बसेका नागरिकलाई नेपाल भित्र्याइएको छ भने जेठ ८ गतेदेखि गौरीफन्टा बर्डर दैनिक निश्चित समयका लागि खुली रहेको छ। दुवै देशका स्थानीय अधिकारीको सहमतिमा नाका खोलेर एक अर्का देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश भित्र्याउन थालिएको हो।

चर्चामा

सम्बन्धित समाचार