शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा ३६ क्वारेनटाइनमा ६ सय १८ जना

बाजुरामा ३६ क्वारेनटाइनमा ६ सय १८ जना

  • मङ्लबार, जेष्ठ १३, २०७७
बाजुरामा ३६ क्वारेनटाइनमा ६ सय १८ जना

बाजुराका जिल्लाका ९ वटा स्थानिय तहका ३६ वटा क्वारेनटाइनमा ६ सय १८ जना बसिरहेका छन् । भारत बाट जिल्लामा आउनेको संख्या बढेपछि क्वारेनटाइनमा बस्नेको संख्या पनि बढेको सोमबार साझ सम्म ६ सय १८ जना बसेका भएपनि थपिदै जाने जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रबक्ता दान बहादुर रोकायाले बडिमालिका खबरलाई बताएका छन् ।
८४ जना महिला र ४ सय ६४ जना पुरुष क्वारेनटाइनमा रहेको छन् । त्यस्तै ६० जना वालवालिका क्वारेनटाइनमा बसिरहेका छन् । अहिले क्वारेनटाइनमा बसेका अधिकांश भारत बाट आएर बसेका जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । १४ दिन क्वारेनटाइनमा राखेर परिक्षण पनि घर पठाउने रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले वताएका छन् ।
क्वारेनटाइनमा बस्नेको नियमित चेकजाँच गर्नुपर्ने भएपनि स्वास्थ्यकर्मीको ब्यबस्थापन नगरेको पाईएको छ । चिकित्सकको अनिवार्य निगरानिमा हुनुपर्ने भएपनि बाजुराको कुनै पनि क्वारेनटाइन चिकित्सकको निगरानि नभएको पाईएको छ । जिल्ला चिकित्सकको संख्या कम भएकाले पनि समस्या भएको पाईएको छ ।
क्वारेनटाइनमा बस्ने संख्या बढेको भएपनि क्वारेनटाइनको ब्यबस्थापन भने निकै फितलो रहेको छ । बस्ने ब्यबस्थापन देखी खाद्यन्न समेत राम्रो नभएको समचार आइरहेका छन् । ३६ क्वारेनटाइन मध्ये अधिकांशमा सामान्य ब्यबस्थापन पनि नभएको पाईएको छ । अर्को क्वारेनटाइनको कुनै पक्ष बाट पनि अनुगमन नभएको पाईएको छ । सम्बन्धित स्थानिय तह, जिल्ला समन्वय समिति जिल्ला प्रशासन लगायत निकायहरुले अनुगमन गर्नुपर्ने भएपनि कसैले अनुगमन नगरेको क्वारेनटाइनमा बसिरहेकाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार