• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कोरोना संक्रमितको सङख्या बारे स्वास्थ्य मन्त्रालयको त्रुटिपूर्ण सूचनाले सुदूरपश्चिममा त्रास

कोरोना संक्रमितको सङख्या बारे स्वास्थ्य मन्त्रालयको त्रुटिपूर्ण सूचनाले सुदूरपश्चिममा त्रास

  • सोमवार, जेष्ठ १२, २०७७
कोरोना संक्रमितको सङख्या बारे स्वास्थ्य मन्त्रालयको त्रुटिपूर्ण सूचनाले सुदूरपश्चिममा त्रास

धनगढी : कोरोना संक्रमितको सङख्या बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा गम्भीर त्रुटि भेटिएको छ। मन्त्रालयले शनिबार साझ ५ बजे जारी गरेको सूचनामा गम्भीर त्रुटि भेटिएको हो। मन्त्रालयले संक्रमितको संख्या गलत दिएपछि सुदूरपश्चिममा त्रास समेत फैलिएको छ।

मन्त्रालयले जारी गरेको शनिबारको रिपोर्टमा सुदूरपश्चिममा १४ जना कोरोना संक्रमित रहेको जनाएको छ। मन्त्रालयका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सबैभन्दा बढी बैतडीमा सात जना, त्यसपछि डडेल्धुरामा पाँच जना संक्रमित रहेको उल्लेख छ।

कैलाली र कञ्चनपुरमा एक÷एक जना संक्रमित रहेको मन्त्रालयले उल्लेख गरेको छ। कञ्चनपुरका एक र बैतडीका सात जना मध्ये चार जना निको भएर घर फर्किएको उल्लेख गरिएको छ। एक जना मात्रै संक्रमित रहेको डडेल्धुरा जिल्लामा पाँच र बैतडीका पाँच जनामा मात्रै संक्रमण पुष्टि भएकोमा सात जना कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेपछि ति जिल्लामा त्रास फैलिएको छ।

उक्त सूचना राखेको १६ घण्टा भईसक्दा समेत मन्त्रालयले सच्याएको पनि छैन्। कैलालीमा संक्रमितको सङख्या सात रहेकोमा मन्त्रालयले एक जना मात्रै जिल्लामा संक्रमित रहेको गलत सूचना प्रवाह गरेको छ। संक्रमण पुष्टि नहुँदै बैतडी र डडेल्धुरामा संक्रमितको सङख्या स्वास्थ्य मन्त्रालयले नै बढाईदिएपछि दुवै जिल्लाका वासिन्दामा त्रास बढेको हो। #दिनेश खबर

 

चर्चामा

सम्बन्धित समाचार