शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • गौरीफन्टा नाकाबाट आज पनि उद्दार जारी, १८९९ जना परीक्षण बिना भित्रिए

गौरीफन्टा नाकाबाट आज पनि उद्दार जारी, १८९९ जना परीक्षण बिना भित्रिए

  • आइतवार, जेष्ठ ११, २०७७
गौरीफन्टा नाकाबाट आज पनि उद्दार जारी, १८९९ जना परीक्षण बिना भित्रिए

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्दारको काम आज पनि जारी राखिएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा भारतबाट विभिन्न क्षेत्रबाट गौरीफन्टा नाका सम्म पुगेकाहरुको उद्दार भईरहेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले आज बिहानदेखि अहिले सम्म एक हजार आठ सय ९९ जनाको उद्दार गरिएको जानकारी दिए। सीमानाकाबाट उद्दार गरिएकाहरुको कोरोना भाईरस परीक्षण हुन सकेको छैन्।

उनीहरुलाई परीक्षण नगरीकन भित्र्याईरहेको प्रहरीले जनाएको छ। यसअघि गौरीफन्टा नाकाबाट पाँच दिनमा ८ हजार बढि नेपालीको उद्धार गरिएको थियो। जेठ २ गतेदेखि शनिबार सम्म नाकाबाट ८ हजार दुई सय ७९ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

जेठ २ र ३ गते नौँ सय ५०, ७ गते आँठ सय ५८, ८ गते दुई हजार चार सय ९८, ९ गते दुई हजार १४ जना र १० गते एक हजार नौँ सय ५९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उद्धार गरिएका अधिकासंलाई सम्बन्धित पालिकामा पठाईएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले विभिन्न स्थानीय तह र सामाजिक संस्थाको सहयोगमा उद्धार गरिएका नेपालीलाई सम्बन्धित पालिकामा पठाउने कार्य भईरहेको बताए। ८ हजार बढिको उद्धार भएपनि कोरोना परीक्षण निकै कमको भएको छ।

स्थानीय प्रशासनले दिएको जानकारी अनुसार २ र ३ गते भित्रिएका नौँ सय ५० जनाको भने र्‍यापिड टेस्ट गरिएको थियो। महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो। तर ७ गते आएका ८ सय ५८ जनालाई र्‍यापिड  टेस्ट समेत नगरी गाउँ पठाईएको थियो।

८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ। यस्तै ९ गते भित्रिएका दुई हजार १४ जनामा कसैको पनि परीक्षण गरिएको थिएन्। आज भित्रिरहेकाहरुको समेत परीक्षण हुन सकेको छैन्। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार