शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • राहातको चामल पानी ट्याङ्ग्कीमा लुकाइएको अवस्थामा फेला पर्यो

राहातको चामल पानी ट्याङ्ग्कीमा लुकाइएको अवस्थामा फेला पर्यो

  • शुक्रबार, जेष्ठ ९, २०७७
राहातको चामल पानी ट्याङ्ग्कीमा लुकाइएको अवस्थामा फेला पर्यो

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ मा राहातको चामल पानी ट्याङ्ग्कीमा लुकाइएको अवस्थामा फेला परेको छ । गाउँपालिकाको वडा नम्बर १ को कागतीगाउँमा रहेको भवानी माबि नजिकको पानी ट्याङ्ग्कीभित्र लुकाइएको अवस्थामा स्थानियवासीले ९ बोरा चामाल र एक बोरा दाल भेटेका हुन । गाउँपालिकामा राहात नपाएर भोकमरी लाग्ने अवस्था आउँदा समेत राहात वितरण नगरि वडा नम्बर १ का वडाध्यक्ष चन्द्रवहादुर श्रेष्ठ वलामीले राजनिति गर्न थालेको भन्दै स्थानियहरुले आक्रोश पोखेका छन ।

गाउँपालिकाले वडा नम्बर १ लाई राहात वितरणको लागि भन्दै ३४० बोरा चामलसहित दाल र तेल वडाअध्यक्षलाई तीन साताअघि दिएको थियो, वडाध्यक्षले अझैसम्म राहात वितरण नगरेर के गरेका हुन ? भन्दै गाउँपालिका अध्यक्ष मानवहादुर लामाले असन्तुष्टि पोखेका छन । उनले तत्काल वितरण गर्न भनेर दिएको राहात सामाग्री किन वितरण नगरेको भन्दै आफुहरुले केरकार गर्न शुरु गरेको बताए । अहिले नुवाकोटमा राहतको नाममा ब्यापार र राजनीति चल्दे गरेको अवस्थामा राहात सामाग्री नै विद्यालयमा राखेको ठाउँबाट हराउनु आफैमा लज्जाबोध र गाउँपालिकाकै बेइज्जत भएको स्थानिय सुभलाल बलामीले बताए ।

त्यस्तै वडाध्यक्ष चन्द्रवहादुर श्रेष्ठ वलामीले विद्यालयमा राखेको राहात सामाग्री हराउनु आफैमा लज्जाबोध भएको भन्दै घटनाको छानविन भइरहेको बताए । विद्यालयको कोठाभित्र राहात सामाग्री राखिएको थियो, तर केहिदिनपछि त राहात सामाग्री त पानीको ट्याङ्कीमा पो भेटियो, उनले भने । वडाध्यक्ष वलामीले विद्यालयको साँचो धेरै व्यक्तिसँग रहेको भन्दै उनीहरुमाथि छानविन भइरहेको बताए ।

त्यस्तै राहात खाद्यान्न चोरीको विषयमा जानकारी लिदाँ गाउँपालिकाकी उपाध्यक्ष सिता लामा खतिवडाले पालिकाले दिएको खाद्यान्न वडाले लगेर वितरण नगरि राखेको र अस्ती हराएको मैले पनि सामाजिक संजालबाट थाहा पाएकी हुँ उनले भनन् ि। केहि स्थानमा राहात वितरणमा ढिलाइ भइरहेको अवस्थामा वडामा नै राहात सामाग्री थन्केर वस्नु नै गलत भएको उनले बताइन ।

जनता राहातको नाममा छटपट्टिएर बसेको वेला राखेकै ठाउँबाट राहात सामाग्री हराउनु हास्यास्पद भएको सरोकारवालाहरु बताउँछन ।

चर्चामा

सम्बन्धित समाचार