बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा एकैदनि ४३ जना भित्रीए, २६ जना थप आउदै

बाजुरामा एकैदनि ४३ जना भित्रीए, २६ जना थप आउदै

  • शुक्रबार, जेष्ठ ९, २०७७
बाजुरामा एकैदनि ४३ जना भित्रीए, २६ जना थप आउदै
फाइल तस्बिर

बाजुरा– लकडाउनको ६० औँं दिनपछि पुगेसंगै भारतमा काम गर्दै आएका बाजुराका नागरिकको आउने क्रम बढिरहेको छ । भारतबाट आउनेहरुसंगै जिल्लामा संक्रमणको जोखीम पनी बढिरहेको छ । आज मात्र ४३ जना मजदुर बाजुरा भित्रिएका छन् र २६ जना बाटोमा रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताएका छन् ।
आज बाजुरामा आएका मध्य सबै भन्दा बढि खप्तड छेडेदह गाउँपालिकाका नागरिक रहेका छन । सो गाउँपालिकाका आज मात्रै २० जना नागरिक रहेका छन् । त्यसै गरी स्वामिकार्तिक खापर गाउँपालिकाका १५ जना बडिमालिका नगरपालिकाका ६ जना बुढिनन्दा नगरपालकिाका १ र हिमाली गाउँपालिकाका १ जना गरी ४३ जना नागरिक एकै पटक बाजुरा पुगेका छन् । प्रहरी निरीक्षक रोकायाले बताए ।
उनिहरुको ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा सुरक्षा समितिको बैठक पछि मात्र टुगों लाग्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार