शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७

थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७

  • शुक्रबार, जेष्ठ ९, २०७७
थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७

नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् । त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन् ।

यता कपिल वस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिप पुरुष तथा ८ वर्षीय बालिकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ ।त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार