सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सेते ले सदै भन्ने गर्छ सांसद सिमानामा बस

सेते ले सदै भन्ने गर्छ सांसद सिमानामा बस

  • शुक्रबार, जेष्ठ ९, २०७७
सेते ले सदै भन्ने गर्छ सांसद सिमानामा बस

किन हो सरकार लाई राष्ट्र घात चाहिन्छ,
सामाज कम्जोर पार्न लाई जात चाहिन्छ।

कोरोनाले छट पटाएको बेलानै एम सिसि,
साम्राज्या बाद सँग सदैभरि मात चाहिन्छ।

बिदेशी अतिक्रमणको बिरुद्धमै लाम बद्ध,
देशभक्त लाई खदेड्न पनि लात चाहिन्छ।

धेरै सम्म उखान र टुक्का ले मात्र पेट भर्दै,
जनता लाई भर पेट दाल र भात चाहिन्छ।

देशमा उद्दोग छैन लंगडोछ अर्थ बयबस्था।
सरकार लाई संघियता नै वाईहात चाहिन्छ।

सकेनन् खारेज गर्न रोगनै यथावार्थ राख्दा,
देश लाई रिणै रिण को ठुलो खात चाहिन्छ।

एउटा आफ्नो देशको सिङ्गो नक्सा बनाउँन,
संसद भित्र बर्षौ थरथरि काँप्ने बात चाहिन्छ।

चुनाउ चित्न सजिलोछ देश जोगाउन हुँदैन,
त्यसको लागि देश भक्ति औ कात चाहिन्छ।

सेते ले सदै भन्ने गर्छ सांसद सिमानामा बस,
देश जोगाउँने शुरक्षाक्रमि दिन रात चाहिन्छ।
सुरेशकुमार पान्डे-२१-५-२०२०

चर्चामा

सम्बन्धित समाचार