शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा कोरोना संक्रमण : मृत्यु हुनेको संख्या ३४ सय ३५

भारतमा कोरोना संक्रमण : मृत्यु हुनेको संख्या ३४ सय ३५

  • बिहिबार, जेष्ठ ८, २०७७
भारतमा कोरोना संक्रमण : मृत्यु हुनेको संख्या ३४ सय ३५

नयाँदिल्ली । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक सय ३२ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय विभिन्‍न सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म तीन हजार चार सय ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या एक लाख १२ हजार ३५९ पुगेको छ । भारतमा गएको चौबीस घण्टामा पाँच हजार ६०९ नयाँ संक्रमित थपिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार