बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • नेपालमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

नेपालमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

  • बिहिबार, जेष्ठ ८, २०७७
नेपालमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

 नेपालमा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएको हो।

झापाको कचनकवल गाउँपालिका वडा नम्वर ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ बर्षका पुरुष, धनकुटा निवासी ३४ बर्षीय पुरुष र सुनसरी धरान उप–महानगरपालिका निवासी ५१ बर्षीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्।

चर्चामा

सम्बन्धित समाचार