शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाल बिद्यार्थी कार्य समिति बाजुराले निकालेको बिज्ञप्ती राजनिति प्रतिशोध र कुण्ठा मात्र भएको लक्ष्मी बचत तथा रिण सहकारीद्धारा प्रेस बिज्ञप्ती

नेपाल बिद्यार्थी कार्य समिति बाजुराले निकालेको बिज्ञप्ती राजनिति प्रतिशोध र कुण्ठा मात्र भएको लक्ष्मी बचत तथा रिण सहकारीद्धारा प्रेस बिज्ञप्ती

  • मङ्लबार, जेष्ठ ६, २०७७
नेपाल बिद्यार्थी कार्य समिति बाजुराले निकालेको बिज्ञप्ती राजनिति प्रतिशोध र कुण्ठा मात्र भएको लक्ष्मी बचत तथा रिण सहकारीद्धारा प्रेस बिज्ञप्ती

बाजुरा ६ जेठ- नेपाल बिद्यार्थी जिल्ला कार्य समिति बाजुराले निकालेको बिज्ञप्ती राजनिति प्रतिशोध र कुण्ठा मात्र भएको लक्ष्मी बचत तथा रिण सहकारीद्धारा प्रेस बिज्ञप्ती बताउका छन् । बिश्व (कोरना भाईरस) कारण त्राहिमाम भएको छ । मानव जातीको ईतिहासमा यस्ता महाविपत्ती विरलै हुने गर्छन् जुन यति वेला भएको छ । यस विपत्तीबाट मानव जातीको अस्तित्व रक्षा गर्ने बेला हो । विश्व मानव समुदायले एक भएर सामना गर्नु परेको छ ।
देश कठिन परिस्थितिबाट गुज्रीरहेको अवस्थामा २०७४ साल देखि जिल्ला कै जेष्ठ सहकारीका रुपमा काम गर्दै आएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाजुराले जिल्ला भरी मै नमुना कार्य गर्दै आएको स्मरण गराउन चाहन्छौं । बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा नं. ३ रजालीमा स्थापना भै आफ्ना शेयर सदस्यहरुको आर्थिक तथा समाजिक जीबन स्तर माथी उठाउन कृषिमा व्यावसायिकरण गर्ने र विभिन्न पेशा व्यावसायमामा संलग्न राउदै आत्म निर्भर किसान बनाउने काम आएको छ । जिल्ला कै नमुना कृषि पकेट क्षेत्रका रुपमा रहेको रजालीको प्रबिधि, व्यावसायिकता र स्थानीय उत्पादनलाई मुल्यश्रृखंलाका आधारमा बजारीकरण गर्ने उत्पादनमा जोड दिएर सेवा प्रवाह गर्दै आएको छ । स्थानीय जनतामा रहेको न्यून पुजीको संकलन तथा परिचालन कृषि उत्पादनमा ब्यावसायिकतासँगै बजारीकरण अहिलेको आर्थिक समृद्धिको मुल आधार र्हो सहकारीका माध्यमबाट साना तथा मध्यम वर्गिय किसानहरुलाईृ एकिकृत गरी उनीहरुको आर्थिक, सामाजिक अवस्थामा रुपान्तरण गर्न सहकारीको मल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गरी काम गर्दै आएको छ ।
पछिल्लो समयमा हाम्रा रैथाने वालीको प्रवद्र्धन, संरक्षण र बजारीकरण नहुदा लोप हुने खतरा दिनानु दिन बढ्दै गएको छ । यस क्षेत्रमा काम गर्न सहकारीले विगत लाममो समय देखि आन्तरिक श्रोतको ब्यवस्थापन एवं परिचालन गर्दै आएको सरोकारवालाहरुलाई विनम्रताका साथ अनुरोध गर्न चाहन्छु । यस सहकारीले विगत लामो समय देखि नेपाल सरकार लगायत विभिन्न सरोकारवाला निकायसँर्ग ै जीबिकोपार्जन, कृषि कर्म र रैथाने वालीको प्रवद्र्धन र संरक्षण जस्ता सवालमा सहकार्य गर्दै आएको छ ।
०७७ जेष्ठ ५ गते नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति बाजुराले राजनीतिक प्रतिशोधका आधारमा जिल्ला कृषि ज्ञान केन्द्र बाजुरा र बडिमालिका नगरपालिकासँग जोडर बाजुरा कोसेली घरका नाममा दोहोरो रुपमा आर्थिक हिनामिना गरेको भनि कार्वाहीको माग गरी जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र पेश भएको जानकारी हुदा गम्भीर ध्यानाकर्षण भएको छ । प्रतिशोध कुण्ठाले गरिएको कार्य प्रति आपत्ती प्रकट गर्दछौं । बाजुरा कोसेली घरका सन्दर्भमा र स्थानीय रैथाने वालीको प्रवद्र्धन, संरक्षण र बजारीकरणका लागि आवस्यक संरुचना निर्माण, सामाग्रीको ब्यवस्थापन, उत्पादनको संकलन र बजारीकरणका लागि जिल्ला ज्ञान केन्द्रबाट भएको आर्थिक तथा प्राबिधिक सहयोग र बडिमालिका नगरपालिकाबाट भएको आर्थिक तथा प्रबिधिक सहयोगको फेयरिस्त कागजात सम्बन्धीत निकायमा छन् र आवस्यक परेमा तथ्य सहित यस सहकारीको कार्यालयमा आई सत्य तथ्य बुझ्न संस्था तयार रहेको यस बिज्ञप्ती मार्फत जानकारी गराउन चान्छौं ।
अन्तमा राजनीतिक आग्रह र प्रतिशोधका रुपमा अर्नगल प्रचार गर्ने र जनतामा दिग्भ्रमित सन्देश प्रवाह गर्ने छुट कसैलाई छैन । विनम्रताका साथ अनुरोध गर्दछौं सत्य तथ्य छानविन होस र दोसी माथी कार्वाही होस । किसानको सर्वोत्तम हितलाई शिरोधार्य गरेर स्पस्ट लक्ष्य र उद्धश्येका साथ अगाडी बढेको यस सहकारीले आफ्नो कार्य प्रति विचलित नभै काम गर्ने प्रतिबद्धता व्यक्त गदछौं, साथै यस कपोकल्पित र भ्रमपूर्ण आरोपबा दिग्भ्रमित नहुन सम्पूर्ण आम जनता र सरोकारवाला निकायहरुमा हार्दिक अनुरोध गर्दछौं ।

चर्चामा

सम्बन्धित समाचार