बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका सातै जनाको स्वाब नमूना परिक्षण रिर्पोट नेगेटिभ ।

बाजुराका सातै जनाको स्वाब नमूना परिक्षण रिर्पोट नेगेटिभ ।

  • मङ्लबार, जेष्ठ ६, २०७७
बाजुराका सातै जनाको स्वाब नमूना परिक्षण रिर्पोट नेगेटिभ ।

पदमबहादुर सिंह/ बाजुरा ६ जेठ – स्वाब नमुना परिक्षणको लागि बाजुराबाट पठाईएको सातै जनाको रिर्पोट नेगेटिभ आएको छ । बाजुराका ७ जनाको स्वाब नमूना संकलन परिक्षणको लागि जेठ ४ गते धनगढी पठाईएको थियो ।

जिल्ला अस्पतालको आईसोलेसनमा रहेका बुढीगंगा नगरपालिकाका २० बर्षिया पुरुष, गौमुल गाउपालिकाका ३० बर्षिया पूरुष र गौमुल गाउपालिकाकै ६० बर्षिया पूरुष सहति बडिमालिका नगरपालिकाले बनाएको क्वारेन्टाईनमा बसेका सोही नगरपालिकाका २ जना पूरुष र बडिमालिका नगरपालिकामै होम क्वारेन्टाईनमा बसेका दुई जना पूरुषको नमूना संकलन गरि परिक्षणको लागि पठाईको थियो सातै जनाको रिपोट नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्बकर्माले बताए ।
जिल्लाको बुढीगंगा नगरपालिकाका २० बर्षीया युवकमा विगत एक हप्तादेखि कोराना भाईरससंग मिल्दो जुल्दो लक्ष अत्याधिक ज्वरो र रुघाखोकी आएपछि जेठ तीन गते जिल्ला अस्पतालको आईसोलेसनमा भर्ना गरिएका थिए भने गौमूल गाउपालिकाका दुई जनालाई जेठ ४ आइसोलेशन कक्षमा राखिए थिए । बडिमालिका नगरपालिकाका ४ जना भरतका बिभिन्न ठाउबाट आएकोले स्वाब संकलन गरेर पठाए परिक्षणको लागि पठाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार