मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • राजनीति
  • गोकुल बाँस्कोटासहित ३ सांसदबाट खतरा रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनमा निवेदन

गोकुल बाँस्कोटासहित ३ सांसदबाट खतरा रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनमा निवेदन

  • मङ्लबार, जेष्ठ ६, २०७७
गोकुल बाँस्कोटासहित ३ सांसदबाट खतरा रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनमा निवेदन

काठमाडौं — लमजुङका विजयप्रकाश मिश्रले पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासहित २ सांसदबाट आफु र आफ्नो परिवारको जीऊ धन खतरामा परेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । मिश्रले बास्कोटासहित सांसदहरु सूर्य पाठक तथा प्रेम आलेबाट आफुहरु असुरक्षित रहेको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका हुन् ।

मिश्रले पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाको निर्देशनमा टोखा नगरपालिका ११ मा रहेको आफ्नो घरको तस्बिर समेत लिएको बताएका छन् । तस्बिर खिच्नका लागि ४ जना युवाहरुको आएको समेत उनले निवदेनमा उल्लेख गरेका छन् । तत्कालीन सञ्चारमन्त्री बास्कोटाले घुस बार्गेनिङ गरेको अडियो मिश्रले सार्वजनिक गरेपछि उनले तत्कालै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

आले डोटी र पाठक बाग्लुङबाट निर्वाचित सांसद हुन् । मिश्रले ताप्लेजुङका घनबहादुर कुताल र चित्रबहादुर कुतालले आफ्नो ठेगाना पूर्वमन्त्री बास्कोटालाई दिएको दाबी गर्दै आफुलाई मार्ने षडयन्त्र भैरहेको समेत बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार