शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि, गुल्मीमा पनि कोरोना संक्रमित फेला (तथ्यांकसहित)

एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि, गुल्मीमा पनि कोरोना संक्रमित फेला (तथ्यांकसहित)

  • सोमवार, जेष्ठ ५, २०७७
एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि, गुल्मीमा पनि कोरोना संक्रमित फेला (तथ्यांकसहित)

 नेपालमा एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार बाँके, गुल्मी, रौतहट, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लाका गरी ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार गुल्मीपनि नयाँ कोरोना संक्रमित फेला परेका छन् ।  भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालका ३१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।  देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङकै एक जना पुरुष,  धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनबाहेक सोमबार बिहान मन्त्रालयले ९ जनामा कोरोना संक्रमण पुष्टि भएको पत्रकार सम्मेमलनमार्फत जानकारी दिएको थियो ।  बिहान संक्रमण पुष्टि भएका रौतहट ८ र बारा जिल्लाका १ जना रहेका छन् ।   योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् । यस्तै संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

                                                                               COVID-19 Update 
                                                                    Data collection by Ratopati.com
क्रम सं जिल्ला संक्रमित मृत्यु  निको भएको  आज थपिएको
पर्सा ९१
रुपन्देही २८
उदयपुर ३३ १५
कपिलवस्तु ४२
बाँके ८१ ४७
काठमाडौं
धादिङ
कैलाली
बारा
१० धनुषा
११ रौतहट २२
१२ बाग्लुङ
१३ चितवन
१४ झापा
१५ महोत्तरी
१६ भक्तपुर
१७ बर्दिया
१८ भोजपुर
१९ कञ्चनपुर
२० नवलपरासी (पश्चिम)
२१ सप्तरी
२२ सर्लाही
२३ नवलपुर
२४ मकवानपुर
२५ दाङ
२६ काभ्रे
२७ सिरहा
२८ सिन्धुपाल्चोक
२९ मोरङ
३० धनकुटा
३१ गुल्मी
जम्मा ३५७ ३६ ६२

चर्चामा

सम्बन्धित समाचार