• होमपेज
  • देश
  • जेठ २० गतेसम्म लकडाउन गर्ने मन्‍त्रिपरिषद्को निर्णय

जेठ २० गतेसम्म लकडाउन गर्ने मन्‍त्रिपरिषद्को निर्णय

  • आइतवार, जेष्ठ ४, २०७७
जेठ २० गतेसम्म लकडाउन गर्ने मन्‍त्रिपरिषद्को निर्णय
फाइल तस्बिर

काठमाडौं : सरकारले जेठ २० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ २० गतेसम्म पुर्याएको एक मन्‍त्रीले जानकारी दिए ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २९५ पुगेको छ।  दुई जनाको कोरोनाकै कारण मृत्यु भएको भने ३६ जना निको भएका छन्।

आइतबार बसेको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति बैठकले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन सिफारिस गर्ने निर्णय गरे अनुसार सरकारले जेठ २० गतेसम्म लकडाउनको समय थप गरेको हो । #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार