शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अल्पज्ञानी सरकारको गन्तव्य बिहिन नीति तथा कार्यक्रम

अल्पज्ञानी सरकारको गन्तव्य बिहिन नीति तथा कार्यक्रम

  • आइतवार, जेष्ठ ४, २०७७
अल्पज्ञानी सरकारको गन्तव्य बिहिन नीति तथा कार्यक्रम

केवल नेपाली मात्र होईन सिङ्गै मानव जाति कोरोना भाईरस (COVID-19) बाट चिन्तित भैरहेको बेला कोरोनाको दुष्प्रभाव न्यूनीकरण गर्ने भन्दा प्रधानमन्त्री केपि शर्मा ओलिका हरेक महत्वाकांक्षी योजना समेटेर आएको सरकारको नीति तथा कार्यक्रमले बन्दाबन्दिमा रहेका हरेक नेपालीलाई सरकारको अल्पज्ञानले लज्जित तुल्याएको छ| राष्ट्र प्रमुख बाट ६३ पेज लामो दस्तावेज लगातार तीन घण्टा समय लगाएर वाचन भएका कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि हुन् वा कोरोना बाट पिडित नेपाली माथी प्रहार गर्न? सरकारले जवाफ दिनुपर्छ|

राष्ट्रिय संकल्पका साथ हातमा-हात मिलाई अघि बढ्नुपर्ने सरकार “काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर” भन्ने नेपाली उखान जस्तै संकट एकातिर,सरकार अर्कोतिर दौडिरहेको सरकारको नीति तथा कार्यक्रमले प्रष्ट देखाउछ|

सिमानामा नेपालीहरु अलपत्र छन् | बन्दाबन्दिमा दुईदुई महिना बित्दा समेत नेपाली जनताको स्वास्थ्य परिक्षण हुन सकेको छैन् | खाधान्नको अभावले गरिव किसानको चुलोमा आगो बल्न छोडेको | ग्रामीण क्षेत्रका दुरदराजमा क्वारेन्टाइनको नाम दिईएका स्थलहरु क्वारेन्टाइन हुन् वा पार्टी प्यालेस? क्वारेन्टाइनको मापदण्ड अनुरुप छैनन् | बस्नको समस्याले अझ मान्छेको भिडभाड त्यही बढी देखिन्छ | लत्ताकपडाको उचित ब्यवस्था छैन् | कोरोनाको पुष्टि भएकाहरूलाई प्रयाप्त स्वास्थ्य सामग्रीको ब्यवस्था छैन् | जनता पिडामा छन् ,सरकारदूधको गोठालो बिरालोबनेको |

अब यहि बेला मानवीय समबेदना समेत भुलि सरकारको नीति तथा कार्यक्रमले भन्छ-“नेपालको आफ्नो ध्वजावाहक पानीजहाज भारतको आन्तरिक जलमार्ग वाट जानेगरी तयारी गरिएको छ| आगामी आर्थिक बर्ष देखि यस जलमार्गको प्रयोग गरि नेपाली पानीजहाज संचालन गर्ने ब्यवस्था गरिनेछ| रसुवागढी-काठमाडौं रेलमार्ग र बिरगंज-काठमाडौं रेलमार्ग निर्माणको कार्य प्रारम्भ गरिनेछ| पुर्व-पश्चिम बिधुत्तिय रेलमार्ग आयोजनाको पुर्व तयारिका कार्य सम्पन्न गरि काँकडभिट्टा इनरुवा खण्डको निर्माण प्रारम्भ गरिनेछ| त्रिभुवन बिमानस्थल बाट नजिकै रहेको र आन्तरिक महत्त्वमै नभएको काभ्रे विमान स्थल समेत तत्काल निर्माण गरिनेछ जस्ता कुरा नीति तथा कार्यक्रममा महामारीको बेला उल्लेख छन् | निजगढ बिमानस्थल देखि विभिन्न महत्वाकांक्षी योजना यस आर्थिक बर्षमा सम्भव नहुने थाहा हुदाहुदै सस्तो लोकप्रियताका लागि उल्लेख गरिएका छन् |

अर्थतन्त्रमा आउने गिरावटका सम्बन्धमा सामान्य हेक्का समेत राखेको देखिदैन| सिमित श्रोत साधनले असीमित कार्यक्रम पूरा गर्न सकिँदैन| सामान्य अवस्थामा आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र कोरोनाको महामारीमा आर्थिक बर्ष २०७७/७८ का लागि प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम “तीन बिसि र साट्ठि” भने जस्तै, उस्ता-उस्तै छन् | केही भाषामा सामान्य फरक पारिएको छ| सामान्य अवस्थामा पूरा नभएका कामहरु के यो संकटको बेला पूरा गर्न सकिएला? सकिँदैन|

बजेटलाई हेरेर नीति तथा कार्यक्रम आउनु पर्ने हो त्यो आएन| कोरोना बाट हामी सबै क्षेत्रमा प्रभाबित भैसक्यौ भन्ने सामान्य हेक्का सरकारलाई छैन् | राजस्व,बिदेशी अनुदान,रेमिटेन्स घट्ने र बेरोजगारी बढ्ने अवस्थामा छ| कतै बाट आर्थिक गतिबिधी बढ्ने अवस्था छैन| यहि बेला प्रधानमन्त्री ओलिका सबै महत्वाकांक्षी कुरा पुरा गर्छु भनिएको छ,जुन सम्भव छैन् |

चर्चामा

सम्बन्धित समाचार