शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराबाट सात जनाको स्वाब नमूना परिक्षणको लागि पठाईयो ।

बाजुराबाट सात जनाको स्वाब नमूना परिक्षणको लागि पठाईयो ।

  • आइतवार, जेष्ठ ४, २०७७
बाजुराबाट सात जनाको स्वाब नमूना परिक्षणको लागि पठाईयो ।

बाजुरा ४ जेठ – बाजुराबा सात जनाको स्वाब नमूना संकलन गरेर परिक्षणको लागि आज धनगढी पठाईएको छ । जिल्ला अस्पतालको आईसोलेसनमा रहेको बुढीगंगा नगरपालिकाका २० बर्षिया पुरुष, गौमुल गाउपालिकाका ३० बर्षिया पूरुष र गौमुल गाउपालिकाकै ६० बर्षिया पूरुष सहति बडिमालिका नगरपालिकाले बनाएको क्वारेन्टाईनमा बसेका सोही नगरपालिकाका दुई जना पूरुष र बडिमालिका नगरपालिकामै होम क्वारेन्टाईनमा बसेका दुई जना पूरुषको नमूना संकलन गरेर परिक्षणको लागि पठाएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्बकर्माले बताए ।
जिल्लाको बुढीगंगा नगरपालिकाका २० बर्षीया युवकमा विगत एक हप्तादेखि अत्याधिक ज्वरो र रुघाखोकी आएपछि हिजो जिल्ला अस्पतालको आईसोलेसनमा भर्ना गरिएका थिए भने गौमूल गाउपालिकाका दुई जनालाई आज आइसोलेशन कक्षमा राखिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् ।
बडिमालिका नगरपालिकाका चार जना भरतका बिभिन्न ठाउबाट आएकोले स्वाब संकलन गरेर पठाएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार