शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रमुख जिल्ला अधिकारीद्धारा खाद्य ब्यबस्था शाखा बाजुरामा अनुगमन

प्रमुख जिल्ला अधिकारीद्धारा खाद्य ब्यबस्था शाखा बाजुरामा अनुगमन

  • आइतवार, जेष्ठ ४, २०७७
प्रमुख जिल्ला अधिकारीद्धारा खाद्य ब्यबस्था शाखा बाजुरामा अनुगमन

बाजुरा ४ जेठ – बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगा प्रशाद न्यौपानेले मार्तडीमा रहेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडमा अनुगमन गरेको छ ।
कोरोनाको महामारीले लकडाउन भएको लामो समय भएकोले खाद्यन्नको मौजुता कति छ । बिक्रिको प्रकृयाको बारेमा अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले जानकारी दिए ।
खाद्य ब्यापार शाखामा चावलको गुणस्तर म्याद कति मौजुता रहेकोभन्ने बारेमा जानकारी लिएको न्यौपानेले बताए । अनुगमनको क्रमा बाजुरालाई भोकमरी नहुने बताए ।
अनुगमनको क्रममा खाद्य शाखाको मेन गोदामको टिन पुरानो भएकोले चुहिने गरेको छ । मर्मतको लागि पत्रपठाएको कुनै जानकारी नआएको र कोरोनाको कारण समस्या भएको बताए ।


खाद्य आपुर्ति तोके अनुसार भई रहेको छ गोदाममा खाद्य मौजुता टन्न छ, बजार पनि नजिकै भएकोले चावलको बिक्रि सोचे जति भएको छैन कमै बिक्रि हुने गरेको नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा बाजुराका प्रमुख मेघराज ओझाले बताए ।
अधिल्लो बर्षको मौदुता चावल पनि थियो यो बर्ष ७ हजार कुईन्टर हो चार हजार आईसक्यो ३ हजार आउन बाकी छ । बिक्रि कमै भएको ओझाले बताए ।


०३६ ÷ ०३८ साल तिर सहकारी सस्थाहरुलाई ग्यारन्टि नलगेर दिएको र ती सस्थाहरुले खाईदिएपछि ५ लाख १८ हजार बेरोजो आईरहेको उनले बताए ।
पाच जना दबन्दि रहेको कार्यलयमा चार जना कर्यरत रहेको र स्टापहरुको मासिक बैठक बस्नु पर्ने र उजुरी पेटीका हप्ताको एक दिन खोलेर मुचुल्का बनाउनु पर्ने बताए । चावलको कट्टा फेरबदा गर्दा सरोकारवालको रोहोवरमा बदल्नु पर्ने भताए ग्राकलाई बिक्रि गर्दा चावलको कट्टा खोलेर देखाएर नै बिक्रि गर्न निर्देशन दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार