बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • नेपालमा कोरोनाबाट फेरि अर्का एकजनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

नेपालमा कोरोनाबाट फेरि अर्का एकजनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

  • आइतवार, जेष्ठ ४, २०७७
नेपालमा कोरोनाबाट फेरि अर्का एकजनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

नेपालमा फेरि कोरोनाबाट अर्का एक जनाको मृत्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

बाँकेको नरैनापुर–५ का उनी वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए । गएराति उनको स्वास्थ्यमा समस्या देखिएकोमा आज बिहान ६ बजेर ४० मिनेटमा उनको क्वारेन्टाइनमै मृत्यु भएको देवकोटाले बताए । ‘गएराति स्वास्थ्यमा समस्या भयो । ज्वरो झाडापखालालगायत समस्याहरु उनमा देखिएको र आज बिहान ६ बजेर ४० मिनेटमा उहाँको निधन भएको छ’, प्रवक्ता देवकोटाले भने ।

कोरोना परीक्षणका लागि उनको स्वाब लिइएकोमा नतिजा पोजेटिभ आएको देवकोटाले बताए । योसँगै देशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु भएको थियो । राताेपाटी बाट शाभार 

चर्चामा

सम्बन्धित समाचार