शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • साशकहरुले बिदेशी सँग घाँटि सटाए पछि

साशकहरुले बिदेशी सँग घाँटि सटाए पछि

  • आइतवार, जेष्ठ ४, २०७७
साशकहरुले बिदेशी सँग घाँटि सटाए पछि

आफ्ना जनताहरु देश मा न अटाए पछि,
कम्जोर हुँनेनै भयो युवाशक्ति घटाए पछि।

स्वतन्त्र कसरि रहन शकथ्यो देश सदै भरी,
साशकहरुले बिदेशी सँग घाँटि सटाए पछि।

दुश्मन को इसारा मा संघियता भित्राएर ता,
देश आज सात टुक्रा मा समेत बटाए पछि।

भन्छन अतिकर्मण भयो हाम्रो भू भाग यँहा,
सिमानामा आफ्नै शुरक्षाबल नखटाए पछि।

कसरि हुनसक्छ प्रगति राम्रो बिचार धाराको,
कुसँस्कार सँगै बुजुर्वा बिचारधारा रटाए पछि।

भन्नलाई भन्छन लडाई जित्न सक्छौ हामीले,
युवाशक्ति लाई नै खाडिको धुलो चटाए पछि।

छिमेकमा भन्छ के गराउँन सक्किन्नर हामिले,
लोभि नेताहरु लाईनै भारुमा सदै पटाए पछि।

जनताहरु त भेडा बाख्रा हुँन तह लगाइन्छन,
बलियो लाठि लगाउँदै सबै लाई ठटाए पछि।

कमजोर ता आफै हुँनेछ देश उठ्ननै नसक्ने,
छुवा छुतमा अल्झाएर समाजनै फटाए पछि।
सुरेशकुमार पान्डे।१७-५-२०२०,

चर्चामा

सम्बन्धित समाचार