शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • एक महिनाअघि सुदूरपश्चिम आएका ३३ डाक्टर काठमाडौँ फर्किए

एक महिनाअघि सुदूरपश्चिम आएका ३३ डाक्टर काठमाडौँ फर्किए

  • शुक्रबार, जेष्ठ २, २०७७
एक महिनाअघि सुदूरपश्चिम आएका ३३ डाक्टर काठमाडौँ फर्किए
एक महिनाअघि काठमाडौँबाट ३३ जना चिकित्सक धनगढी आउँदा

धनगढी : एक महिनाअघि सरकारले सुदूरपश्चिम पठाएका चिकित्सकहरु काठमाडौँ फर्किएका छन्। कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि संघिय सरकारले सुदूरपश्चिम पठाएका ३३ जना आवसीय चिकित्सक आज फर्किएका हुन्।

बैशाख ५ गते यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई धनगढी पठाएको थियो। सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट हेमराज पाण्डेले उनीहरु आज दिउँसो यति एयरलाईन्सको जहाज मार्फत काठमाडौँ फर्किएको बताए।

विश्वभरी नै कोरोनाको महामारी फैलिएका बेला सुदूरपश्चिम पनि उच्च जोखिममा रहेका कारण संघीय सरकारले ३३ जना चिकित्सक पठाएको थियो।

सरकारी छात्रवृत्तिमा पढिरहेका ३३ आवासीय चिकित्सक मध्ये १४ सेती प्रादेशिक अस्पताल, महाकाली अस्पतालमा चार, अछाम, डडेल्धुरा, बझाङमा तीनरतीन जना खटाइएको थियो। यस्तै, बैतडी, दार्चुला र कैलालीको टीकापुरमा दुईरदुई जना खटाइएको थियो।

उक्त टोलीमा इन्टरनल मेडिसिनका १६ जना डाक्टर, सर्जरीका पाँच, बालरोगका दुई, एनेस्थेसियाका एक, अर्थोेपेडिकका तीनजना चिकित्सक रहेका थिए। त्यस्तै नाककान घाँटीका दुई जना, स्त्रीरोगका दुई जना र दुईजना रेडियोलोजिष्ट रहेका थिए।

उनीहरुको उपस्थितीमा तीन साता सम्म नियमित स्वास्थ्य सेवा प्रादानमा सजिलो भएपनि लकडउनका कारण धेरैलाई स्वास्थ्य सेवा दिन नसकिएको अस्पतालहरुले जनाएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुङगानाले भने, ‘तीन जना चिकित्सकहरुले अन्य स्वास्थ्यकर्मीहरुलाई सुझाव सल्लाह दिएका थिए भने नियमितस्वास्थ्य सेवा प्रदान गरिरहेको थियो। केही दिन उनीहरुले मोटिभेसनल कक्षा समेत सँचालन गरेका थिए।’  #दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार