शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • अफिस नगएर आफ्नो मेडिकल चलाउदै स्वास्थ्य कार्यालयका यादब

अफिस नगएर आफ्नो मेडिकल चलाउदै स्वास्थ्य कार्यालयका यादब

  • शुक्रबार, जेष्ठ २, २०७७
अफिस नगएर आफ्नो मेडिकल चलाउदै स्वास्थ्य कार्यालयका यादब
तस्वीर आफु कार्यरत अफिस नगएर मेडिकल चलाउदै सिनेरअहेब (अधिकृत्त ) रामचन्द्र यादब

पदम सिंह/ बाजुरा २ जेठ – जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत सिनेरअहेब (अधिकृत्त) रामचन्द्र यादब कार्यलय समयमा कार्यालय नगई आफ्नो मेडिकल चलाएर बस्ने गरेका छन् ।
बिश्व कोराना महामारीको संकट झेलिरहेको समयमा नेपाल सरकारले स्वास्थ्यका कर्मचारीलाई एथासिग्र रुपमा जुनसुकै समयमा सेवा दिन तयारी अवस्थामा बस्न भनिए पनि यादब भने मेडिकल चलाएर बसिरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्त भने रामचन्द्र यादव अफिस समयमा नबस्ने गरेको स्वीकार समेत गरेका छन्, मेडिकलमा बस्नु हुन्छ, कार्यालयमा काम भए मात्र बोलाउछौ बोलाए आईहाल्नु हुन्छ पन्तले बताए । नेपाल सरकारको नियम अनुसार १० बजे देखी ५ बजेसम्म अफिसमा बस्नु पर्ने पन्तले बताए । यादब कार्यालयमा जादैनन भन्ने गुनासो आईरहेको आफू कहाँ पनि गुनासो आईरहको जनस्वास्थ्य अधिकृत्त पन्तले बताए ।
यता रामचन्द्र यादबले जुन सुकै समयमा भएपनि कार्यालयको काम गरिरहेको बताए । यस्तो महामारीको समयमा धेरै कर्मचारीहरु घरबाटै काम गरी रहेका छन् । आफुले पनि घरबाटै अफिसको काम गरिहरेको बताए । अफिसको काम अफिस समय भन्दा अन्य समयमा पनि गर्छू अफिसको काममा बाधा नपुग्ने गरेर काम गरीरहेको यादबले बताए ।
यता प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले स्वास्थ्यका कर्मचारीको बिषयमा आफूलाई भन्दा स्वास्थ्य कार्यालयका प्रमुखलाई थाहा हुने बिषय भएको बताए । सरकारी कर्मचारीले कार्यालय समयमा अफिसमानै काम गर्नु पर्ने हुन्छ । आफु कहाँ त्यस्तो गुनासो आए छानबीन गरेर कारबाही गर्ने बताए ।
यादब प्रदेश २ मा समायोजन भएको लामो समय भई सकेको छ । तर समायोजन भएको ठाउमा नगएर पहिले देखिनै कार्यरत बाजुरा जिल्लामा नै बसेका छन् । समायोजन भएर रमना नबुझि कार्यक्षत्र नगरको गुनासो आएको भन्दै सुदुरपश्चिम प्रदेश बिकास मन्त्रालयले ०७६ साल फागुन २२ गते स्वास्थ्य निर्देशनालय मातहतका सबै कर्मचारीलाई कर्मचारी समायोजन ऐन २०७५ बमोजिम सुदुरपश्चिम प्रदेशमा समायोजन भएका कर्मचारीलाई सात दिन भित्र रमना दिएर पठाउन भनि पत्राचार गरेको थियो । सो अबधिमा रमना नदिने जिम्मेवार पदाधिकारी र हाजिर हुन नजाने कर्मचारी उपर प्रचलिन कानून बमोजिम कारबाही अगाडी बढाउने पत्र आएको थियो । तर एक हप्ता भित्र भनेपनि यादब गएका थिएनन्, पत्र आएको अढाइ हप्ता पछि भने स्वास्थ्य मन्त्रालय बाट अर्को पत्र आयो । बिश्व स्वास्थ्य संगठनले कोभिड १९ लाई बिश्वभरी महामारीको रुपमा घोषण गरेको र नेपालमा यो महामारी संक्रमण हुन नदिन सबै स्वास्थ्यका कर्मचारीलाई सम्बन्धित ठाउमा नै सेवा सुबिधा पाउने गरि स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले ०७६ चैत्र ५ गते पत्राचार गरेपछि रोकिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्तले बताए ।
समायोजन भएको लामो समयसम्म समायोजन भएको ठाउमा नजानु बाजुरामा रहदा पनि कार्यरत कार्यलयमा नगएर मेडिकलमा बस्ने गरेकोले यादबको जनगुनासो हुदै आएको छ । सदरमुकाममै कार्यलयमा कर्मचारी कार्यलयमा नबस्ने पटक पटक समचार आइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार