शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • यूएनएफपिएद्धारा महिला तथा किशोरीलाई सरसफाई समग्री सहयोग

यूएनएफपिएद्धारा महिला तथा किशोरीलाई सरसफाई समग्री सहयोग

  • शुक्रबार, जेष्ठ २, २०७७
यूएनएफपिएद्धारा महिला तथा किशोरीलाई सरसफाई समग्री सहयोग

बाजुरा २ जेठ – बाजुरा जिल्लाका बिभिन्न स्थानिय तहले निर्माण गरेका क्वारेन्टाईनमा बसेका महिला तथा किशोरीलाई यूएनएफपिएले सरसफाईका सामग्री सहयोग गरेको छ । क्वारेन्टाईनमा बसेका महिलता तथा किशोरीलाई महिनावारी भएको समयमा तथा अन्य समयमा सरसफाई सहजताको लागि मर्यादा किट र किशोरी किट नेपाल रेडक्रसद्धारा बाजुराद्धारा बितरण गरीएको यूएनएफपिएका बाजुराका कार्यक्रम संयोजग कृष्ण चौधरीले बताए ।
सरसफाई सामग्रीको एक झोला हुन्छ, त्यो झोला भित्र सेनिटरी प्याड, कोल्केट, ब्रस, साबुन, ईनर कपडाहरु, टावेल लगाएतका सरसफाई सामग्री हुने गरेको चौधरीले बताए ।
पहिलो चरणमा ९५ डिग्नीटी किट र ३० किशोरी किट गरि १ सय २५ किट नेपाल रेडक्रसलाई दिईसकेको छ । त्यसमा रेडक्रसले त्रिबेणी नगरपालिकामा रहेका २ जना किशोरी र ३ जना महिलालाई दिएको र अन्य ठाउमा रहेका महिलाहरुलाई पठाउने तयारी भईरहको उनले बताए ।
हाल क्वारेन्टाईनमा बसेका महिला तथा किशोरीको संख्या कमै भएकोले १ सय २५ दिएको छ बाकी दिनहरुमा क्वारेन्टाईनमा बस्नेहरुको संख्या बढी भएको फेरी पनि सहयोग गर्ने चौधरीले बताए ।

चर्चामा

सम्बन्धित समाचार