शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • संक्रमितको उपचारमै खटिएकी नर्सलाई कोरोना

संक्रमितको उपचारमै खटिएकी नर्सलाई कोरोना

  • बिहिबार, जेष्ठ १, २०७७
संक्रमितको उपचारमै खटिएकी नर्सलाई कोरोना

बुधबार राति थपिएका पर्साका तीन जना कोरोनाभाइरसका संक्रमितमध्ये एक जना नारायणी अस्पतालमै खटिएका नर्स रहेको खुलेको छ। उनी कोरोना संक्रमितको उपचार भइरहेको वीरगन्जको नारायणी अस्पतालकी नर्स हुन्। वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावागीले तीन जनामध्ये एकजना नर्स रहेको जानकारी दिए। अहिले तीनै जनालाई सिद्धार्थ माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ।

अस्पतालमा आइसोलेसन बेड भरिएपछि बुधबारदेखि थपिएका संक्रमितहरूलाई विद्यालयको क्वारेन्टाइनमा राखिएको हो। २० जना संक्रमित क्वारेन्टाइनमा छन् भने ७० जना संक्रमित नारायणी अस्पतालको आइसोलेसनमा छन्। अस्तपालमा भर्ना भएकामध्ये बुधबार दुईजना संक्रमित भागेका थिए। जसमा दुबै जना फेरि अस्पतालको सम्पर्कमा आएका छन्।

चर्चामा

सम्बन्धित समाचार