शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • नेतालाई देशका जनताको भर नहुँदा,– सुरेशकुमार पान्डे

नेतालाई देशका जनताको भर नहुँदा,– सुरेशकुमार पान्डे

  • बिहिबार, जेष्ठ १, २०७७
नेतालाई देशका जनताको भर नहुँदा,– सुरेशकुमार पान्डे

गजल!
नेतालाई देशका जनताको भर नहुँदा,
गलति गर्छन सदैभिरी कुनै डर नहुँदा।

जनताले सडकमा मशाल बाल्नु पर्छ,
सरकारलाई जन मागकै असर नहुँदा।

सबै जसो दलालि काममै लाग्न थाले,
देशभक्ति बिचार देशमा अम्मर नहुँदा।

हो युवाहरु बिदेश पलायन भएकै हुँन,
भर पेट रोटि कपडा र बस्ने घर नहुँदा।

कुखुरा र तरकारीमै पनि शुल्क माग्यो,
किसानले पाल्नै छाडे तिर्ने कर नहुँदा।

परदेशमा युवारु को मुटु बिजाउँने गर्छ,
त्यो बोलि भन्दा घृणित कनै थर नहुँदा।

सेते लाई त जन्मे देखि शंघर्ष गर्नै पय्रो,
हेर भ्रष्टचार न भएको कुनै सहर नहुँदा।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार