बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • तराइमा देखीने कालाजारका बिरामी बाजुरा पनि भेटिए

तराइमा देखीने कालाजारका बिरामी बाजुरा पनि भेटिए

कालाजारका बिरामीलाई एक महिना देखी धामि झाक्रिकोमा

  • बिहिबार, जेष्ठ १, २०७७
तराइमा देखीने कालाजारका बिरामी बाजुरा पनि भेटिए

लक्ष्मीराज पाध्याय– तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा पर्न थालेको छ । बाजुराको उत्तरी क्षेत्रको एक स्थानिय तहमा कालाजारको बिरामी भेटिएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजु राज जैशीले वताएका छन् ।
जगन्नाथ गाँउपालिका ५ का १७ महिनाका देबेन्द्र बुढामा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चेकजाँच गर्दा कालाजार देखा परेको डा. राजु राज जैशीले वताएका छन् । १ महिना देखी गाँउमा धामि झाक्रिकोमा लगिरहेको सञ्चो नभएपछि मात्र अस्पताल ल्याएको जैशीले बडिमालिका खबरलाइ बताएका छन् । उनलाइ रिफर गरेको भएपनि आफन्तले घरमा लगेको जैशीले वताएका छन् ।
कालाजारको उपचार धनगढी, नेपालगञ्ज, सुर्खेत हुने गरेको छ, हामिले त्यहाँ रिफर गरेका हौ, पासका लागि घरमा गएका हुन्, तर गाँउपालिकाले पास नदिएको सुनिन आएको स्वास्थ्यकर्मीले वताएका छन् । यो कालाजार सरुवा रोग भएकाले समयमै सरकारको ध्यान जान जरुरी रहेको डा. राजुराज जैशीले वताएका छन् । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले त्यो क्षेत्रमा कालाजार रोग देखा परेको बताएका छन् । १७ महिनाका वालकलाई उपचार गर्न अन्यत्र लिनुपर्ने रहेको वताएका छन् ।
कालाजार रोग तराई जिल्लामा मात्र देखा पर्ने रोग हो । पछिल्लो समयमा पहाड तिर पनि देखा पर्ने थालेको छ । यो रोग भुसिनाको टोकाइ बाट हुने र भुसिनाको टोकाइ बाट सर्ने रोग हो । यो रोगको लक्षण ज्वरो आउने, तौल घटने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु हन सक्ने रहेको डा. जैशीले वताएका छन्, कालाजारको उपचार बाजुरामा हुदैन्, उपचारका लागि नेपालगञ्ज धनगढी जानु पर्ने रहेको स्वास्थ्यकर्मीले वताएका छन् ।
कोल्टि क्षेत्रमा २ बर्ष पहिला कालाजार बाट एकजना वालिकाको मृत्यु समेत भएको थियो । स्वामीकार्तिक गाँउपालिका ५ जेरा बस्ने १३ बर्षिय भाग्य शाहिको उपचारका क्रममा काठमाडौको कान्ति वालअस्पतालमा मृत्यु भएको थियो । कोल्टिमा उपचारका लागि ल्याईएको थियो कालाजार बाट उनको अबस्था गम्भिर भएकाले काठमाडौ रिफर गरयौ त्यस्तै मृत्यु भएको स्वास्थ्य केन्द्रले जनाएको छ । गएको बर्ष थप दुई जना कालाजारका बिरामी भेटिएका थिए । स्वामिकातिक गाँउ पालिका ५ जेरा बस्ने ११ बर्षिय कञ्चना शाहि र स्वामिकार्तिक गाँउपालिका २ साप्पाटा कि ३ बर्षिय करिश्मा भण्डारीलाई यो रोग देखा परेको थियो ।
यो क्षेत्रमा २ बर्ष पहिला मलरिया रोग समेत देखा परेको थियो । अहिले फाटफुट रुपमा कालाजार देखा परदै आएको स्वास्थ्यकर्मीले वताएका छन् । बाजुराका बुढिन्नदा नगरपालिका, स्वामिकार्तिक, हिमाली र जगन्नाथ गाँउपालिका निकै जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । यी स्थानिय तह निकै बिकट भएकाले कालाजार सम्बन्धि चेतना र नियन्त्रणका लागि पहल नगरे माहामारी फैलन सक्ने स्वास्थ्यकर्मीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार